सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको राप्तीमा ट्रक र बोलेरो ठोक्किँदा एकको मृत्यु


  •    न्युजभित्तो/२ चैत्र २०७७, सोमबार १३:०७ 
  • चितवन, २ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो । ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । घटना आज बिहान ३ः१५ बजे भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.