सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै खुल भएन सत्ती भन्सार नाका


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार १३:१९ 
  • भजनी, १ चैत । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।

    खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको छ । पहिले सो भन्सार कार्यालयमा मात्र सीमासुरक्षा प्रहरीको क्याम्प रहँदा लुकिछिपी आउने क्रमलाई रोक्न चुनौती रहे पनि अहिले एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरीको क्याम्प स्थापना भएको छ । अवैधरुपमा प्रवेश गर्नेको क्रम भने घट्नुको साटो दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले भारतीय नागरिकलाई कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य गरेको छ ।

    भारतको तिकुनियाँका हरिश कुरेसीले प्रहरीको आँखा छलेर आफूहरु कामका लागि नेपाल प्रवेश गरेको जानकारी दिनुभयो । “नेपाल नआएर घरमा चुलो बल्दैन । दिनभरी सङ्कलन गरेको कवाडी सामान बेचेर घर चलाउछौँ”, उहाँले भन्नुभयो, “प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता हो । दैनिक २०० भन्दाबढी दैनिक नेपाल आउछन् होला ।”

    खक्रौला बिओपीका प्रमुख पदमराज भट्टले भन्सारमा सामान आयात निर्यात भए पनि मानिसको आवतजावत भने नभएको दाबी गर्नुभयो । उहाँले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएको जनाउँदै लुकिछिपी प्रवेश गर्ने ती नाकामा आफ्नो कार्यक्षेत्र नपरेको बताउनुभयो । “पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेपश्चात् हाम्रो कार्यक्षेत्र घटेको छ”, उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रबाट कोही पनि प्रवेश गरेको छैनन् । हामीले मातहतको निकायमार्फत पाएको आदेशलाई पूर्णरुपमा कार्यान्वयन गरेका छौँ ।”

    कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकलाई रोक्नका लागि आफँै लागिपरेको जानकारी दिदैँ आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट भारतीय नागरिक प्रवेश गर्ने गरेको बताउनुभयो । “पथरैया र मोहना नदीको सङ्गमस्थलबाट भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । पथरैया नदी तरेर जानसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “नदीका कारण पनि अवैधरुपमा आवागमन बढेको छ । सबैभन्दा बढी नागरिकको आवागमन हुने अहिलेको मुख्य प्वाइन्ट जसबहादुर घाट हो ।” चोरीका नाकाबाट भारतीय नागरिक मात्र नभई त्यही मात्रामा नेपाली भारतीय बजार दैनिक उपभोग्य सामानका लागि जाने गरेका छन् । “हामीलाई आवागमनका लागि निर्देशन त छैन । तर केही व्यावहारिकरुपमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ ।” उहाँले भन्नुभयो ।

    मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन नसक्ने जनाउँदै प्रहरीका आँखा छलेर नागरिकको आवागमन हुने गरेको बताउनुभयो । “एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन् । हामीले प्रयास भने गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “भारतीय नागरिकसँग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पु¥याउने गरेका छन् ।” नदीकै कारण सीमा सुरक्षामा चुनौती थपिएको उहाँ बताउनुहुन्छ ।

    अहिले भारतसँग जोडिएका सीमानाका खुकुलो हुँदै जाँदा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व सङ्कलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला पाँच महीनाको तुलनामा पुस र माघ महीनामा राजस्वमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख विमलकुमार शाहले बताउनुभयो ।

    कार्यालयले गत मङ्सिर महीनासम्ममा वार्षिक लक्ष्य पूरा गरिसकेको भएपनि पछिल्ला दुई महीनामा राजस्व सङ्कलनमा केही कमी देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार मङ्सिरमा रु एक करोड ४८ लाख ४७ हजार, पुसमा रु एक करोड ४२ लाख ४७ हजार र माघमा रु एक करोड ३४ लाख २५ हजार राजस्व सङ्कलन भएको थियो । अहिले जिल्लाका सीमाक्षेत्रमा १४ बिओपी स्थापना भएका छन् । भन्सार सीमाबाट आवागमन असहज हुन थालेपछि नागरिकले चोरीका सिमानाको प्रयोग गर्दै आएका छन् । यसले सीमावर्ती क्षेत्रमा चोरीका घटनमा समेत वृद्धि भएको छ । गाईभैँसी, बाख्रा र अन्य घरायसी सामान चोरी हुन थालेपछि स्थानीय त्रसित छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.