सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कावासोतीमा एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार ०८:०९ 
  • कावासोती, २८ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।

    वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

    नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनले बताउनुभयो । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।

    उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारूले सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उहाँले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    एउटा कार्यालय करिब रु ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताउनुभयो । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भवन बन्नेछ ।

    आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.