सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी


  •    न्युजभित्तो/२७ फाल्गुन २०७७, बिहीबार १२:२३ 
  • काठमाडौं, २७ फागुन  । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए ।                                                                                                हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप      छलफलगरिने ती नेताले बताए ।

    माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।

    वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन्। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन् ।

    माओवादीसँग एकता भएपछि भने ओली तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.