सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले – माओवादी व्युँतिएको पत्र संसदमा, प्रचण्ड – माधवको बसाई अलग


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार ११:०६ 
  • काठमाडौं, २६फागुन । प्रतिनिधिसभामा आज बुधबार देखि नेकपा एमाले र नेकपा माओवादीकेन्द्र अलग संसदीय दलको रुपमा अस्थित्वमा आएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्र सत्तापक्षमा बस्छ कि प्रतिपक्षमा भन्ने चाहिँ टुंगो लागेको छैन ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले त्यसबारे छलफल भइरहेको बताउनु भयो । एमाले र माओवादी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । आफूहरु सत्ता पक्ष वा प्रतिपक्ष कहाँ बस्ने भन्ने कुराा संसद सचिवालयले व्यवस्था गरे अनुसार हुने गुरुङले बताउनु भयो ।

    निर्वाचन आयोगले केपी शर्मा ओलीलाई नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्र दिइएको पत्र संसद सचिवालयलाई मंगलवार नै पठाइसकेको छ । सो पत्र सबै प्रदेशसभा सचिवालयहरुमा पनि पुगेको छ ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदहरुको बस्ने सिट व्यवस्थापन मिलाइने बताए । माओवादी केन्द्र विपक्षमा गएको सूचना नआएकाले आज सत्तापक्षकै अर्को लहरमा व्यवस्था हुने पाण्डेले नेपाल प्रेसलाई जानकारी दिनुभयो ।

    उहांले भनुभयो, ‘आयोगको पत्र प्राप्त भएको छ । अहिलेसम्म उहाँहरु सत्तापक्षमै रहेको हुनाले सत्तापक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ । हिजोसम्म एउटै दलको हुनाले एकै ठाउँमा हुनुहुन्थ्यो, आजबाट नजिकै अरु व्यवस्था गरिन्छ ।’

    पुनःस्थापित प्रतिनिसभाको पहिलो बैठकका दिनसम्म सत्तापक्षका सांसदको पहिलो लहरमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र सुवास नेम्वाङ बस्ने गरेका हुन् । आजबाट प्रचण्ड सत्तापक्षकै लहरमा रहे पनि माधव नेपाल झलनाथहरुसँग बस्ने छैनन् ।

    अब प्रतिनिधिसभामा माओवादी केन्द्र तेस्रो दल बनेको छ । चौथो दलका रुपमा जसपा रहनेछ भने अन्य साना दलहरु राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.