सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी ब्यूँतिएपछि प्रचण्ड ‘भित्र’ माधव–झलनाथ ‘बाहिर’


  •    न्युजभित्तो/२५ फाल्गुन २०७७, मंगलवार १६:०३ 
  • काठमाडौं २५ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहँदा पार्टी अध्यक्षका रुपमा भने माधवकुमार नेपालको नाम प्लेट टाँगिएको थियो ।
    सर्वोच्च अदालतबाट बदर भएको नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष नेपाल मंगलबार साँझै पेरिसडाँडाबाट बिदा भएर एमालेतिर लागे पनि उनको नाम प्लेट र कार्यकक्ष भने यथावत छ ।यद्यपी माधव नेपाल पक्षका नियुक्त भएका कार्यालय सचिव गंगालाल तुलाधर र उपसचिव मोहन गौतम भने बुधवार माओवादी केन्द्रको बैठक शुरु हुनुअघि पेरिसडाँडाबाट औपचारिक बिदाबारी लिएर हिँडेका थिए ।

    पेरिसडाँडामा माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेताका नाम प्लेट र कार्यकक्ष भने यथावत राखिएको छ । जबकि एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठको नाम प्लेट अदालतको फैसला आएकै दिन हटाइएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.