सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दैलेख घटना ; थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता


  •    न्युजभित्तो/२५ फाल्गुन २०७७, मंगलवार १३:५४ 
  • दैलेख , २५ फागुन । दैलेखको आठबिस नगरपालिका (३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ ।प्रहरी र स्थानीयको बिहानैदेखिको खोजिका कारण साँढे ११ बजे आमा छोराको शव फेला परेको प्रहहीले जनाएको छ ।
    कर्णाली नदीमा हाम्फलेकी सुकिसहित दुई छोरी र एक छोरा सहित चार जनाको शव फेला परिसकेको छ भने पाँच वर्षीया रजनी बडुवालको शव अहिलेसम्म फेला परेको छैन ।यसैबीच पाँच जनाको आत्महत्या भएको खबर सँगै डिआइजी वसन्त कुमार पन्त घटनास्थल्मा पुगेका छन्। घटनाको विस्तृत अध्ययन गर्न आएको उनको भनाइ छ । सोमबार नै दुई छोरीको शव फेला परिसकेको थियो ।

    आमा सुकीले छोरालाइ आफुसँगै कपडाले बाधेर नदीमा हाम्फालेको प्रहरीको अनुमान छ । उनको श्रीमान मान बहादुर बडुवाल प्रहरी नियन्त्रणमा छन । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सुकीले सोमबार श्रीमान सँग झगडा परेपछि चार छोराछोरीसहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी थिइन् ।
    वडाध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो श्रीमान् मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राति नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।

    ‘उनी आइतबार राति नै घरबाट निस्किएको थिइन् । श्रीमान् मदिरा सेवन गर्ने गरेका थिए । शायद घर झगडा भएको हुनुपर्छ’ वडाध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’

    मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको उनले बताए । दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार राति फेला परेको थियो ।

    जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाका अनुसार सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.