चितवन, २४ फागुन । १११ औं अन्तराष्ट्रिय नारी दिवस जिल्लाका विभिन्न संघ संस्थाले कार्यक्रम गरी मनाएका छन् । यसै सन्दर्भमा मानव अधिकार संरक्षण मञ्च चितवनले महिला अधिकार विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण मञ्चका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि कपिल ज्ञवालीले हिंसाका स्वरुपहरु फेरिएको बताउनु भयो । दिनदिनै जानी नजानिकन हिंसा बढीरहेको भन्दै त्यसको न्यूनिकरणका लागि सबै धर्म, सम्प्रदाय लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेफ्स्कून केन्द्रीय उपाध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि शान्ति अधिकारीले महिला हिंसा कम गर्नका लागि महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो । उहाँले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्दै प्रविधिहरुसंग जोडीदै महिलाहरुले आफूलाई बलियो बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । राजनीतिमा महिलाहरु अगाडी आएर निर्णायक तहमा पुगे धेरै हिंसा कम हुने उहाँको भनाई थियो ।
कार्यक्रममा मेट्रो प्याब्सनका अध्यक्ष लेखनाथ खनालले शिक्षा बिना समुन्नत समाजको निर्माण गर्न नसकिने बताउनु भयो । सकारात्मक परिवर्तनका लागि सानै भएपनि प्रयास आफैबाट गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रमका सभापति एवं मानव अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष कल्पना उप्रेतीले संविधानमा समेटीएका महिला हक अधिकारका विषयमा बोल्नु भएको थियो । महिलाहरुलाई संविधानमा सम्पतीको अधिकार, वंशको अधिकार, समान सहभागिता लगायतका विषयमा कसरी सुरक्षीत गरिएको छ भनेर सो अवसरमा जानकारी दिनुभयो । उहाँले विद्यमान कानुनमा तेजाव प्रकरण लगायतका विषयमा बोल्नु भएको थियो । कार्यक्रममा मानव अधिकार सञ्जाल चितवनका अध्यक्ष राजेन्द्र पौडेल, काहुराष्ट्र नेपालका केन्द्रीय सचिव विनोद खण्ड तिमिल्सीना लगायतले महिला हक र अधिकारका विषयमा वोल्नु भएको थियो ।
नारायणगढ जेसीजद्वारा सचेतना
यस्तै १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारायणगढ लेडिज जेसीजले सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । आँपटारी नारायणगढ स्थित समता स्कूलमा अध्ययनरत छात्राहरुलाई महिला हिंसा, महिला सुरक्षा र महिला अधिकार सम्बन्धि सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सम्झना श्रेष्ठ प्रधानले स्कुल तहबाट नै छोरीहरुलाई सचेत तुलाउने उदेश्यले सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले छोरीहरु शिक्षाको कमीबाट हिंसामा नपरुन भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी मिना खरेलले महिला हिंसा, सुरक्षा र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि समता स्कूलका प्रधानध्यापक जेसी मानु श्रेष्ठले स्कूल तहका छात्राहरुलाई यस प्रकारको सचेतनामुलक कार्यक्रमले हिंसासंग लड्न निकै ठुलो सहयोग मिल्ने बताउनु भयो । कार्यक्रममा नारायणगढ लेडिज जेसीजकी अध्यक्ष सम्झना श्रेष्ठ प्रधानको अध्यक्षतामा रहेको थियो ।