सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मञ्जुश्रीको नारी सम्मान कार्यक्रम


  •    न्युजभित्तो/२४ फाल्गुन २०७७, सोमबार २१:१४ 
  • चितवन, फागुन २४ । मञ्जुश्री असहाय संरक्षण केन्द्रले १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नारी सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
    कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविध्यालयको सेवा आयोग अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले आफु खुसी भए मात्रै परिवारलाई खुसी दिन सकिने बताउनु भयो ।

    शिक्षा नै जीवनमा महत्वपूर्ण रहेको भन्दै उहाँले शिक्षालाई व्यवहारमा उतारेर आर्थिक उपार्जन गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो । शिक्षालाई सीपमा परिवर्तन गर्न आग्रह गर्दै उहाँले आर्थिक उपजार्ननमा लागेमा धेरै हिंसा कम हुने बताउनु भयो । कार्यक्रममा सम्मानित व्यक्तित्व क्यान्सर विजेता टिका न्यौपाने देवकोटाले क्यान्सरबाट कसरी बच्न सकिन्छ, क्यान्सर के हो भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो । आफ्नो स्वाथ्यका बारेमा सबै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

    त्यसैगरी अर्का सम्मानित व्यक्तित्व बन्दना खाँडले आफुले आफूलाई कसरी आत्मवल बलियो बनाउने भनेर आफै लाग्नुपर्ने बताउनु भयो । आत्मबलकै कारण क्यान्सर जितेको भन्दै उहाँले आफुले आफैलाई माया गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष एवं कार्यक्रमकी सभापति मञ्जुखाडले हिंसा रहित समाज निर्माण गर्न नेतृत्व तहमा रहेका महिलाहरुको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सबै दिदी बहिनीको साथ र सहयोगले संरक्षण गृह सञ्चालन गर्न सहज भएको भन्दै जघन्य खालका हिंसा गर्नेलाई आजीवन कारावारको सजाय हुनुपर्ने बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.