सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने


  •    न्युजभित्तो/२४ फाल्गुन २०७७, सोमबार १५:४१ 
  • कास्की, २४ फागुन । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ ।

    नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिनुभयो ।

    सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक आउने जनाइएको छ । चैत २४ देखि २८ गतेसम्म सेमिनार तथा चैत २९ देखि ३१ गतेसम्म अन्तरराष्ट्रिय मुआथाइ महासङ्घको नियममा रहेर प्रतियोगिता सञ्चालन हुने बताइन्छ । राष्ट्रिय मुआथाई च्याम्पियनसीपमा देशका सातै प्रदेशका २१ जिल्लाबाट प्रशिक्षक, निर्णायक र खेलाडी गरी ४०० जनाको सहभागिता रहने छ ।

    प्रतियोगितामा खेलाडीले ४५ केजीदेखि ९१ केजी तौलसम्म विभिन्न सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकबहादुर गोदारले जानकारी दिनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका सङ्घका कोषाध्यक्ष सम्पन्न श्रेष्ठले अन्तर्राष्ट्रिय सेमिनारका माध्यामबाट नेपालका लागि मुआथाइको अन्तरराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट प्रशिक्षक तथा निर्णायक उत्पादनमा सघाउ पुग्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.