सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो


  •    न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार १५:४५ 
  • काठमाडौँ, २३ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन÷कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको योजना सुनाउनुभयो ।

    उहाँले संविधान र ऐन÷कानूनले दिएको अधिकार प्रयोग गर्दै जनतालाई सेवा पुग्नेगरी काम गर्न आयोगलाई निर्देशनसमेत दिनुभयो ।पूर्वमहिलामन्त्री थममाया थापाले महिलाबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो भने पूर्वसमाजकल्याणमन्त्री भद्राकुमारी घलेले पछिल्लो राजनीतिक अस्थिरताका कारण जनतालाई सास्ती भएकाले स्थिरताका लागि आग्रह गर्नुभयो ।

    आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले महिलाविरुद्ध हिंसा निवारण, महिला सशक्तीकरण, खबर गरौँ ११४५ हेल्पलाइन सेवामार्फत प्रभावितलाई मनोसामाजिक परामर्श, कानूनी सहायता, आश्रयस्थलसम्बन्धी सेवा जनचेतना अभिवृद्धिलगायत क्षेत्रमा अनुगमन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । दिवसका अवसरमा आयोगले पूर्वमन्त्री घले र अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने मुस्कान खातुनलाई सम्मान गरेको छ ।

    विसं २०५८ मा स्थापिवत आयोगले लैङ्गिक समानता, सशक्तीकरण र लैङ्गिक हिंसा निवारणमा जोड दिँदै आएको छ । महिला अधिकारको सुनिश्चितता गर्न नेपालको संविधानले आयोगलाई संवैधानिक अङ्गका रुपमा मान्यता दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.