सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न


  •    न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार १५:३० 
  • काठमाडौँ, २३ फागुन । तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहससिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको हो ।

    काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मन्दिर जितपुरफेदीबाट अल्ले ब्यारेक हँुदै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो जहाँ जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ ।

    पहारामा रहेका तारकेश्वर महादेवको पूजार्चना गर्न थुप्रै भक्तजन जाने गर्छन् । पहरामा रहेको महादेवको पूजा गर्न राखिएको फलामे भ¥याङ पनि जीर्णावस्थामा पुगेको थियो ।

    नगरपािलकाका प्रमुख रामेश्वर बोहराले ऐतिहासिक तथा धार्मिकस्थलको थप संरक्षण र व्यवस्थापन गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो । जीर्ण मन्दिरको पुनःनिर्माण भएसँगै मन्दिर क्षेत्रमा ढुङ्गाको सिँढी, फलामको भ¥याङ, पानीपोखरी, कुण्ड, पाटी, व्यवस्थित शौचालयका साथै बस्नका लागि फलामको कुर्सीसमेत निर्माण गरिएको छ ।
    तारकेश्वरबाट करीब एक घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिङ्गमा पुग्न सकिन्छ जहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नगरपालिकाका उपप्रमुख भवानी डोटेलले मन्दिरको सरसफाइ र सुरक्षाका लागि नगरपालिकाले तत्काल आवश्यक व्यवस्था गर्ने जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.