सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सरकारको गौरवको योजना आधा सम्पन्न हुने


  •    न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार १४:५७ 
  • विराटनगर, २३ फागुन । मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ ।

    प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ ।

    विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान्यास गर्नुभएको थियो । सो सडक रु एक अर्ब ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलाई तीन खण्डमा विभाजित गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ ।

    पहिलो र दोस्रो गरी २० किमी सडक श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिई काम शुरुआत गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी सडक र घिनाघाटको पुल रु छ करोडको लागतमा निर्माण गर्न लामा बानियाँ कम्पनीले ठेक्का लिई काम शुरु गरेको कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिनुभयो ।

    उहाँले ठेक्कामा लागेका बाटोको १० किमी चालू आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिनुभयो ।

    सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने बताइएको छ । सडकको गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको छ ।

    विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिको नेताचोक, हरैचा हँुदै पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने सो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन् ।

    बहुवर्षीय योजना अन्तर्गत सुनसरी र मोरङका गरी रु नौ अर्बको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्की पुल निर्माण गर्न रु २२ करोडको योजना सञ्चालनमा रहनुका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न रु छ करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिनुभयो । । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.