सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवस्था फेरियो अवस्था फेरिएन ; प्राविधिक शिक्षालय


  •    न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार १२:४९ 
  • खलङ्गा, २३ फागुन । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो ।

    शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय अहिले निकै अव्यवस्थित हुन पुगेको छ ।

    शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसका कारण विद्यार्थी र शिक्षक प्रदूषित पानी पिउन बाध्य छन् । चालिस वर्ष पहिले बनेका भौतिक संरचना पुनःनिर्माण त के मर्मतसमेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न बाध्य भएका छन् । एकताका यहाँका महिला विद्यार्थी सिन्दुर हालेर शिक्षालय बाहिर जानु पर्दथ्यो । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको शिक्षालय निकै छाडा र उजाड बनेको यहाँका स्थानीयवासी बताउँछन् ।

    शिक्षालयका प्रमुखमा २६ जना फेरिएका छन् । शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ । शिक्षालयको मर्मतसंभार र संरक्षणमा कसैको चासो नपुगेको स्थानीयवासी कर्णबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    उहाँको भन्नुभयो, “हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ । भवन भत्किएका छन् । घेरबार नहुँदा शिक्षालय असुरक्षित छ ।सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो विषय अरु हुन सक्दैन ।”

    छ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उद्देक लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेका अवस्थामा छ । शिक्षालयका शौचालय फोहर छन् । सङ्घीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ । हरेक कार्यालय प्रमुखको प्रतिवेदनमा यहाँको विकास राम्रो भए अवस्था नफेरिएको स्थानीय बताउँछन् ।

    शिक्षालयका प्राचार्य टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउनुभयो । उहाँले यही फागुन १८ गतेदेखि प्राचार्यका रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।
    उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा यहाँको मुहार फेर्ने गरी कार्ययोजना ल्याउन लागेको छु । चालिस वर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माणसम्म हुनेछन् ।” शिक्षालय परिसर हरियाली हुनेछ । पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको हुने उहाँले बताउनुभयो ।

    शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थी बदलिन्छन् । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ । प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्राचार्य थापाले जानकारी दिनुभयो ।

    अहिले डिप्लोमातर्फ चार विषयको पढाइ भइरहेको छ । विसं २०६५ मा डिप्लोमा सिभिल इञ्जिीनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४मा फरेस्ट्री र २०७७ मा फार्मेसी पठनपाठन भइराखेको छ । आगामी दिनमा डिप्लोमा भेटनरीतर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ । यो कक्षा सफल भएको खण्डमा एग्रो इञ्जिनीयर पढाइका लागि लविङ शुरु हुनेछ । प्रवेशिका परीक्षा मुनितर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ । सिएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउनका लागि परिपत्र गरिसकेको छ । यो वर्ष यी दुई विषयमा भर्ना पनि लगिएको छैन । पहिलेका केही महत्वपूर्ण तथा प्राविधिक शिक्षालयमा हुनुपर्ने गुणको अभाव छ । अहिले यहाँ उत्पादित जनशक्ति देशैभरी छरिएर काम गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.