माडी २२ फागुन । घरमा आगलागी भएर समस्यामा परेका माडी नगरपालिका वडा नं ७ का टुकप्रसाद गौडेलको परिवारलाई शनिबार राहत वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ स्यायी घर भई हाल जापानमा रहनुभएका नुमनाथ खरेल, गोमा खरेल भरतपुर लङ्कु धर्मचोकका चितवन स्टोर्स कपडा पसल, युनिभर्सल ब्रान्डेड फेन्सी, विश्व पुस्तक पसल, भरतपुर कटहरचोकको न्यु पिनाक इन्टेरियर, होली भिजन पब्लिक स्कुलकी विद्यार्थी सञ्जीला कँडेलको सहयोगमा पीडित परिवारलाई राहत वितरण गरिएको हो ।
सहयोगीहरुले उपलब्ध गराएको राहत वितरण गर्दै माडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा विपत्तिको समयमा सहयोग गर्ने सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विपतको समयमा धैर्य गर्न पीडित परिवारलाई आग्रह गर्नुभयो । घरमा आगलागी भएर मन्दिरको परिसरमा आश्रय लिएर बसेका गौडेल परिवारलाई शनिबार खाद्यान्न, झुल, ब्लाङ्केट, लगाउने कपडा, सरसफाइका सामान, स्कुल ब्याग, कापीलगायतका सामाग्री उपलब्ध गराइएको हो ।
सामान ग्रहण गर्दै टुकप्रसाद गौडेलले सहयोगीहरुको सहयोगले हौसला मिलेको जनाउँदै विपतको समयमा सहयोग गर्ने सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सहयोगको समन्वय सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।