सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्याब्सनको अन्तर विद्यालय हाजिरीजवाफ होलिभिजनमा


  •    न्युजभित्तो/२२ फाल्गुन २०७७, शनिबार २१:०९ 
  • भरतपुर, २२ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता होली भिजन पब्लिकमा आज शनिवार सम्पन्न भयो ।

    कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको हाजिरीजवाफ कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि प्याब्सन चितवनका सचिव मोहन लामाले विद्यार्थीहरुको शैक्षिक विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका हुने भएकोले विद्यालयहरुले यस्ता कार्यक्रमहरुमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

    भरतपुर महानगरपालिकाका ३४ वटा विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको छनौट चरणबाट होली भिजन पब्लिक स्कुल, प्रेरणा इङ्लिस स्कुल, ज्ञान दर्शन इङ्लिस स्कुल, जनप्रिय पब्लिक स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल र नारायणी इङ्लिस पब्लिक स्कुल प्रतियोगितामा सहभागी भएका थिए ।

    प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम, जनप्रिय पब्लिक स्कुल द्वितीय र प्रेरणा इङ्लिस स्कुल तृतीय भएका छन् । कार्यक्रममा होली भिजन पब्लिक स्कुलका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरेका थिए ।

    प्याब्सन भरतपुर महानगरपालिकाका कोषाध्यक्ष वेदनिधि अर्यालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक मीनराज बस्ताकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरे, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.