सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी


  •    न्युजभित्तो/२२ फाल्गुन २०७७, शनिबार १९:५४ 
  • भरतपुर, २२ फागुन । भरतपुरमा आज शनिबारदेखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ चितवन बिजयी भएको छ । चिकित्सकको टिमले खेलकुद पत्रकार मन्च चितवनलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

    चिकित्सकको तर्फबाट सुनिल मिनाकमी एक्लैले ५ गोल गरे । खेलकुद पत्रकारका तर्फबाट राजन दिल गुरुङले २ तथा कप्तान कृष्ण कार्कीले १ गोल गरे । पत्रकार र चिकित्सकबीच मैत्रीपूर्ण खेल भएको हो। त्यसअघि प्रतियोगिताको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधानले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा खेलकुद बिकास समितिका अध्यक्ष प्रधानसहित, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, खेलकुद पत्रकार मन्च चितवनका अध्यक्ष बिनोदबाबु रिजाल, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम चितवन स्पोर्ट्स एण्ड फुटसलका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ टिम सहभागी छन् । प्रतियोगिताको बिजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले १५ हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले नगद एक(एक हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । निप्पोन एजुकेसनल सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । भिटो एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको सह प्रायोजक रहने प्रतियोगितामा राइट एण्ड एसोसिएट, अल्माइटी इन्टरनेशन र प्रोफेसन एजुकेसन प्रायोजक संस्थाका रुपमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.