सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवदहमा बौद्ध विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण हुँदै


  •    न्युजभित्तो/२१ फाल्गुन २०७७, शुक्रबार १४:४९ 
  • लुम्बिनी, २१ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा आजदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो । सरकारले केही दिनअघि मात्र देवदहमा केन्द्रीय संरचनाका लागि झण्डै ९० बिघा जग्गाको स्वामित्व विश्वविद्यालयलाई प्रदान गरेको थियो । सोही जग्गामा पूर्वाधार निर्माण थालनीको प्रक्रियामा शुरु गरिइएको छ ।

    विश्वविद्यालयअन्तर्गतको स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । देवदहमा तपोवनसहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बिहान डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माणस्थलको अवलोकन गर्नुभयो ।

    सो अवसरमा मन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने र बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

    सांसद छविलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ति गरेको भन्दै अब यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले यो हजारौँ विद्यार्थीले भरिएको विश्वविद्यालय बन्ने बताउँदै त्यसका लागि अहिलेदेखिनै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास गर्नुभयो । विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन विषयको पठनपाठन गरेको उपकुलपति डा हृदयरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

    एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका छन् । बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पूर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले जानकारी दिनुभयो ।

    एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुन । यो सङ्कायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्देश्य यी पाठ्यक्रम लागू गरेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.