सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीलाई सहयोग गर्न कांग्रेसलाई नैतिकताले दिंदै ः कांग्रेस बरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/२० फाल्गुन २०७७, बिहीबार ११:५५ 
  • चितवनन, २० फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदिने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओली बाहेकलाई सहयोग गर्न सक्ने बताउनुभएको हो ।
    उहाँले भन्नुभयो “ओलीले देशलाई जुन जोखिममा पार्नुभयो, व्यवस्था र संबिधानलाई जोखिममा पार्ने व्यक्तिलाई अहिले काङ्ग्रेसले सहयोग गर्न नैतिकताले दिंदैन ।” नेता पौडेलले सरकारमा प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सकिने बताउनुभयो । उहाँले काङ्ग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने बताउँदै भन्नुभयो “कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ ।” उहाँले थप्नुभयो “ यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”
    प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरवहादुर देउवलाई सजिलो नभएको भन्दै उहाँले प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने रु कांग्रेस बाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन ।”
    पौडेलले भन्नुभयो “सरकारमा जाने, किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छौ ।” भद्रगोलको अहिलेको राजनीति काङ्ग्रेसले सम्हाल्नु पर्ने उहाँको भनाई थियो । पत्रकारको एक प्रश्नमा उहाँले भारत, चीन र अमेरीकालाई कम्फरटेवल होइन नेपालको सिस्टमलाई कम्फरटेवल हुने गरी सरकार बन्नुपर्ने बताउनुभयो ।
    आफुले प्रधानमन्त्री र राष्ट्रपति हुनका लागि प्रस्ताब आउँदा अस्विकार गरेको दावी गर्दै उहाँले व्यवस्था प्रभाबित गर्ने गरी आफुलाई कुनै पद नचाहिएको बताउनुभयो । अहिलेकै अवस्थाको राष्ट्रपति पद भने आफुलाई कहिल्यै नचाहिने बताउनुभयो । आफु क्रियाशील भूमिकामा बाँचुन्जेल रहने पौडेलको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.