सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती तटीय क्षेत्र सरसफाई अभियानले विश्व वन्यजन्तु दिवस मनायो


  •    न्युजभित्तो/१९ फाल्गुन २०७७, बुधबार १८:०२ 
  • चितवन, १९ फागुन । वन र जीविकोपार्जन, पृथ्वीमा दिगो जीवनको आधार भन्ने नाराका साथ आज विश्व वन्यजन्तु दिवस मनाइएको छ । समुदायमा आधारित चोरीशिकारी नियन्त्रण युवा संजाल दिवस पनि मनाइएको छ।

    संरक्षण र सरसफाईमा कार्य गरिरहेको राप्ती तटीय क्षेत्र सरसफाई अभियान चितवनले बुधवार भरतपुर २२ पटलहरमा एक विशेष कार्यक्रम गरी विश्व वन्यजन्तु दिवस सम्पन्न गरेको छ। बाल विद्याश्रम ई स्कूलमा बाघ गैंडा संरक्षण पाठशाला नाम दिई बिद्यालयका बिद्यार्थीहरुका माझ चेतनामुलक कक्षा संचालन गरेको थियो ।

    कार्यक्रममा संरक्षणकर्मी एवं राप्ती तटीय क्षेत्र सरसफाई अभियान चितवनका संयोजक अपिल घिमिरेले वन्यजन्तुको वासस्थान , दुर्लव वन्यजन्तुको अवस्था, उनीहरुको खाना लगायतको विषयमा सिकाउनु भएको थियो। जनावरले किन आक्रमण गर्छ ? यो अवस्थमा कसरी जोगिने ? वन्यजन्तु लोप भएमा मानवलाई के हानी गर्छ ? यिनको कसरी संरक्षण गर्ने ? भन्ने बारे घिमिरेले प्रसिक्षण दिनु भएको थियो।

    कार्यक्रममा बिद्यालयका शिक्षक सहित ८५ जना बिद्यार्थी सहभागी रहेका थिए। विद्यालयका प्राचार्य दिपेन्द्र गौतमले कार्यक्रमले वन्यजन्तु संरक्षणमा जागरण ल्याएको भन्दै आयोजकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.