सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा संघ चितवनको भेला भोलि, महेश बस्नेतले सम्बोधन गर्ने


  •    न्युजभित्तो/१८ फाल्गुन २०७७, मंगलवार १९:०० 
  • चितवन, १८ फागुन । राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला भोलि बुधबार भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीका अनुसार कार्यक्रम मध्यान्ह १२ बजे भरतपुर महानगरपालिका वडा नं. १२ स्थित स्मार्ट पार्टी प्यालेस गोन्द्राङमा शुरु हुनेछ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम हुने डल्लाकोटीले जानकारी दिनुभयो ।

    “समृद्ध नेपाल, सुखी नेपाली समाजवाद निर्माणाको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार” नाराका साथ हुने उक्त कार्यक्रममा बस्नेत सहित संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । संघका नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुन उहाँले आव्हान समेत गर्नुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघका जिल्ला नेता सुशील केसीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.