नवलपुरको दुम्कौलीमा ट्रक एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु
न्युजभित्तो/१८ फाल्गुन २०७७, मंगलवार ०७:१५
नवलपरासी, १८ फागुन । पूर्वी नवलपरासीको देवचुली २ दुम्कौली चोकमा सोमबार राती १२ बजेको समयमा दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर दुबै ट्रकका चालकको मृत्यु भएको हो ।
मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका खिम बहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सह चालक घाईते भएका छन् । मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।