सुरेश अधिकारी पोखरा, १७ फागुन । शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको संजाल ‘शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल’ ले पोखरामा आज सोमबारदेखि सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला शुभारम्भ गरेको छ । जिल्ला स्तरमा गठन भएका संजालका संयोजक तथा प्रतिनिधिहरुको क्षमता वृद्धिकालागि कार्यशाला आयोजना गरिएको हो ।
कोरोनाका कारण शिक्षामा परेको प्रभाव र शिक्षाको लागि बैकल्पिक सिकाई पद्धतिको लागि गरिएका पहलहरु बारे सहभागीहरुले जिल्ला गत प्रस्तुति गर्नुभएको छ । “निःशुल्क , गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ ।” भन्ने नाराका साथ तीनवटै तहका सरकारलाई उत्तरदायी बनाउन साझेदारी, पहरेदारी र खबरदारी गरिरहनुपर्ने, संविधान, नीति, ऐन र नियमावलीमा भएका कुराहरूलाई लागू गर्न गराउन घच्घच्याउने काम शिक्षाको लागि राष्ट्रिय अभियान नेपालका अभियानकर्ता लाग्नुपर्ने कुरा कार्यशालामा निचोड निस्किएको छ । कार्यशाला १८ गते ३० वटा जिल्लामा कसरी कार्य गर्ने भन्ने बारेमा एउटा कार्ययोजना निर्माण गरेर सकिनेछ ।
सुरेश अधिकारी
पोखरा, १७ फागुन । शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको संजाल ‘शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल’ ले पोखरामा आज सोमबारदेखि सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला शुभारम्भ गरेको छ । जिल्ला स्तरमा गठन भएका संजालका संयोजक तथा प्रतिनिधिहरुको क्षमता वृद्धिकालागि कार्यशाला आयोजना गरिएको हो ।