सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्ती प्रजनन् केन्द्रमा उपचार शिविर शुरु


  •    न्युजभित्तो/१७ फाल्गुन २०७७, सोमबार १२:५४ 
  • चितवन, १७ फागुन । हात्ती प्रजनन् केन्द्र खोरसोरमा आज सोमबारदेखि हात्ती उपचार शिविर शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्तरुपमा शिविर शुरु गरेको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ् काट्ने, रगतको नुमना लिएर परिक्षण गर्ने, शरीरको बाहिरी अवस्था निरीक्षण गरेर हेर्ने, घाउ खटिरा एवं चोटपटक भएमा उपचार गरिने छ । यस क्रममा हात्तीलाई भिटामिन, मिनिरलसमेत खुवाइँदैछ ।

    आउँदो महिनामा हुने गैँडा गणनामा प्रयोग गर्न मिल्ने हात्ती छुट्याउने काम पनि अहिले नै गरिँदै छ । श्रेष्ठले १५ दिन लगाएर सरकारी ५६ र निजी ६० हात्तीलाई प्रत्यक्षरुपमा उपचार गरिने बताउनुभयो । उहाँका अनुसार रगतको परीक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रक्रिया अघि बढाइनेछ । शिविरमा निकुञ्ज र कोषका चार जना प्राविधिकसँगै नङ काट्नका लागि दुई जना कर्मचारी परिचालन गरिएको छ । हात्तीको स्याहारमा रहेका कर्मचारी पनि शिविरमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो । शिविरको शुभारम्भका अवसरमा श्रेष्ठसँगै कोषका प्रमुख डा बाबुराम लामिछानेसहित प्राविधिक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

    प्राकृतिक कारणबाट वैशाखयता चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा र कोषका एउटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिएको हो । निकुञ्जको खोरसोरमा २० वटा, सौराहा कार्यालयमा आठ, कसरामा छ हात्ती छन् भने पोष्टमा एउटा र दुईका दरले हात्ती रहेका छन् । यससँगै कोष र निजी क्षेत्रका हात्ती आआफ्ना हात्तीसारमा रहेका छन् । मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि केही समयअघि निकुञ्जका सबै हात्तीको रगतको नमूना सङ्कलन गरेर परीक्षणका लागि राखिएको छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.