सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्र र पार्टीलाई अप्ठ्यारो पर्दा पर्ख र हेर भन्ने प्रवृत्तिको हिसाब किताब राख्छौं : अध्यक्ष रावल


  •    न्युजभित्तो/१५ फाल्गुन २०७७, शनिबार १९:२२ 
  • चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष पार्वती रावलले पार्टीलाई अप्ठ्यारो र संकट पर्दा पर्ख र हेर भन्ने प्रवृत्ति घातक भएको बताउनुभएको छ । नेकपा माडी नगर कमिटीद्वारा आज शनिबार माडीको बसन्तपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो व्यवहार गर्नेहरुलाई सबैले चिन्नु जरुरी रहेको बताउनु भएको हो ।

    अध्यक्ष रावलले भन्नुभयो “पार्टीलाई अप्ठ्यारो र संकट परेको बेला पर्ख र हेर गरेर बस्ने तर अवसरको मात्रै खोजी गर्नेहरुको सचेतनापूर्वक हिसाब किताब राख्छौं ।” उहाँले पार्टी, मुलुक र नेतृत्वलाई अप्ठ्यारो पर्दा साथ नदिने प्रवृत्त घातक भएको बताउँदै भन्नुभयो “यस्तो घातक व्यवहार गर्नेहरुलाई सबैले चिन्नु जरुरी छ ।” सहज अवस्थामा पार्टीमा फर्केर आउने अप्ठ्यारो पर्दा फर्केर जाने गलत प्रवृत्ति भएको बताउँदै अध्यक्ष रावलले प्रश्न गर्नुभयो “असहज परिस्थितिमा साथ नदिने नेता कार्यकर्ता पार्टीलाई किन चाहियो ?” यस्तो प्रवृत्तिको मूल्यांकन हुन जरुरी रहेको उहाँको भनाई थियो ।

    उहाँले माडीको विकासमा कुनै कमी हुन नदिने बताउनुभयो । माडीको विकास लागि संघीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भइरहेको स्मरण गराउँदै उहाँले भन्नुभयो “स्वयं प्रधानमन्त्री केपी ओलीले नै माडीलाई मणी बनाउने उद्घोष गर्नुभएको छ ।” माडीको समुन्नत विकासका लागि पार्टी र सरकार माडीवासीको साथमा रहेको बताउँदै उहाँले भन्नुभयो “ सरकारले गरेका ठूला ठूलो योजना र विकासका कामलाई माडीका केहि पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेका छन् ।”

    माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायण अधिकारीले संचालन गर्नु भएको थियो । सो अवसरमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हरि सापकोटा, केन्द्रीय सदस्य पुरुषोत्तम न्योपाने, जिल्ला सचिव प्रकाश खनाल शैलेस, अनेमसंघ चितवन अध्यक्ष सरस्वती बिष्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगरका पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.