चितवन । जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा प्रगती समीक्षा कार्यक्रम थालिएको सम्पन्न भएको छ । विहीबार र शुक्रबार जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगती प्रस्तुत गरेका थिए ।
कार्यलयहरुमा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक बर्ष ०७७/७८को अर्धवार्षिक प्रगति समीक्षा भएको छ । समीक्षा कार्यक्रमको राष्ट्रिय सभा सदस्य पार्वती रावलले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाई तीन वटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताउनुभयो । पाँच÷दस लाखका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै उहाँले स्थानीयतहहरुलाई थप शसक्त बनाउन जरुरी रहेको बताउनुभयो । स्थानीयतहहरुवीच समन्वयमा नीतिगत समस्याहरु रहेको भन्दै प्रमुख अतिथि रावलले सरकारले व्यवबहारिक कानुनका पक्षमा ध्यानदिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाकाकारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहजबन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको जानकारी दिनुभयो । केही सरकारी कार्यालयको कार्यक्रमहरु जिल्ला समन्वय समितिसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले त्यसको नियमित अनुगमन गर्ने गरिएको प्रमुख डल्लाकोटीले बताउनुभयो ।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य विजय सुवेदी, गीता वाग्ले, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका र्यबाहक प्रमुख बिमला दुवाडी, इच्छाकामना गाउँपालिका प्रमुख गीता कुमारी गुरुङ, प्रमुख जिल्लाअधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति चितवनको उपप्रमुख मुना श्रेष्ठले समीक्षा कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । सरकारी कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गतआव ०७६/७७ वार्षिक प्रगति समीक्षा र चालु आव ०७७/७८ को अर्धवार्षिक समीक्षा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गरेका थिए ।