सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा


  •    न्युजभित्तो/१४ फाल्गुन २०७७, शुक्रबार १३:१५ 
  • पर्वत, १४ फागुन । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको हो ।
    प्रदर्शनी कक्ष , खेलकूदको मैदान र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन् । क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २०० प्रदर्शनी कक्ष बुकिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उहाँले बताउनुभयो । मगरहरुको सांस्कृतिक नृत्यका चार टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमस्थलमा सुरक्षाका लागि आठ वटा सिसी क्यामेरा जडान गरिएको छ । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हातधुन पानी र साबुनको व्यवस्था गरिने भएको छ ।
    महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ । स्थानीय उत्पादनको बिक्री वितरण, प्रवद्र्धन र प्रचारप्रसारमा पनि मगर महोत्सव सफल हुने बताइएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.