नेपाल स्काउटको ६ दशक लामो इतिहासमा पहिलो पल्ट रोभरहरुको अन्तर्राष्ट्रिय स्तरको रोभरमूट (उत्सव) नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । २०७६ जेठ १६ देखि २१ गतेसम्म गरेको यो कार्यक्रम रोभरहरुको ठूलो भेला या कुम्भमेला हो । नेपाल स्काउट ब्वाय तथा गर्ल स्काउटको संयुक्त संस्था हो । यसर्थ यो मूटमा रेञ्जरहरुलाई पनि सहभागिता गराइएको थियो । त्यसैले यस महामेलालाई रोभर तथा रेञ्जर मूट भन्नु उपयुक्त हुनेछ ।
स्काउटको ज्याम्बोरी झै रोभरमूट पनि हरेक चार चार वर्षमा संचालन गर्ने गरिन्छ । त्यस्तै क्षेत्रीय तथा विश्व रोभरमूट पनि चार चार वर्षमा संचालन हुन्छन् । विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रले पनि त्यस्तै गर्दै आएको छ । १५ वर्ष पूरा गरेका किशोरकिशोरीहरु रोभर रेञ्जर समूहमा संलग्न हुन सक्दछन् । रोभर रेञ्जरको सिद्धान्त “सेवा” हो । रोभर रेञ्जरहरु आफ्नो सिद्धान्तलाई लिएर सानो सदस्यको समूह बनाई मानव सेवामा संलग्न हुन्छन् । जीवनमा आइपर्ने समस्या वा चुनौतीका बारेमा छलफल गर्छन् । छलफलकै क्रममा आफ्नो र समाजको विकास कसरी हुन सक्छ र गर्न सकिन्छ भन्ने उपायको खोजी गर्दै अगाडि बढ्छन् । अन्तमा समाजको विकास गर्दै यो सुन्दर संसारलाई शान्ति र हिजोको भन्दा राम्रो बनाउने भावना राख्दै अनुशासित ढंगले अघि बढ्दै जान्छन् ।
नेपालका रोभर रेञ्जर र उनीहरुका प्रशिक्षकहरुले संसारका कतिपय देशमा भएका अन्तर्राष्ट्रिय मूट तथा युवा कार्यक्रमहरुमा स्टाफको रुपमा काम गरी अनुभव बटुल्नुको साथै प्रशंसा पाएका छन् । २०७२ सालको विनाशकारी भूकम्पका बेलामा स्काउटका रोभर चिकित्सक श्रीराम थापाले धादिङ्गमा रहेर भूकम्पपीडितलाई गरेको सेवाको कदर गर्दै नेपाल सरकारले प्रशंसापत्र एवं पदक समेत प्रदान गरेको छ । त्यस्तै गत वर्ष नेपालमा भएको विश्व गर्ल स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनका अवसरमा भूकम्पपछि आफूले गरेको मानवीय सेवाका बारेमा स्काउटर मलिना महर्जनले दिएको प्रस्तुतिले ठूलो प्रशंसा पाएको छ । त्यस्तै हाम्रा पूर्व रोभर बैकुण्ठ मानन्धरले विभिन्न ओलम्पिकहरुमा लामो दूरीको म्याराथन तथा युवा रोभरहरु अनिस लुइँटेल र प्रकाशराज पाण्डेले सगरमाथाको सफल आरोहण गरेको अभूतपूर्व उपलब्धिले अरु किशोरकिशोरी रोभर रेञ्जर बालबालिका र व्याय तथा गर्ल स्काउटलाई ठूलो प्रेरणा दिएको छ ।
गत साल यसै सयममा ककनीमा सम्पन्न भएको तेस्रो राष्ट्रिय ज्याम्बोरी हुनुअघि र ज्याम्बोरी संचालन हुँदा रोभरहरुले सहभागीहरुका लागि दिएका सेवा एवं सत्कार उदाहरणीय रहे । यसका अतिरिक्त ज्याम्बोरीको रौनक ल्याउने क्रियाकलापहरु जस्तै सहसिक, वौद्धिक, मनोरञ्जनात्मक, प्रतियोगितात्मक आदि क्रियाकलाप संचालनको जिम्मेवारी रोभरहरुले नै लिएका थिए । त्यसबेला वटरफ्लाई ढोका र टाढा टाढा सम्म हेर्न सकिने टावरको निर्माण, पानी आपूर्ति, पानी परेर पालहरु लड्दा अर्को ठाउँमा क्याम्पको व्यवस्थापन गर्ने कार्य आदि रोभरहरुले गरेका थिए । यी रमाइला र साहसिक कार्यको अनुभव बटुलेर यस रोभरमूटमा पनि प्रयोग गर्दै स्काउटका सर्भिस रोभरहरुले उदाहरणीय काम गरेका छन् । यसबाट स्काउट पदाधिकारीहरुलाई ठूलो राहत मिलेको छ ।
रात्रीबसमा पोखरासम्मको यात्रा
जेठ १६ गते साविकको दिनचर्या सकेर म घर फर्किसकेको थिएँ । बेलुकी अँध्यारो हुन लाग्दा मलाई फोन आयो । कुनै पूर्व रोभरले भने, ‘सर एउटा बस अहिले पोखरा जाँदैछ, सर पनि जाने हो कि ?’ मैले भनें, ‘विचार गरौंला ।’ केही समयपछि हुरी बतास चल्न थाल्यो । अकाश गड्याङगुडुङ गर्दै विजुली चम्किन थाल्यो र पानी पनि प¥यो । एकछिनपछि फेरि फोन आयो, ‘सरले के विचार गर्नुभयो ? सर जानुहुँदा रमाइलो हुने थियो ।’ मेरो मनले त जाऊँजाऊँ भन्दै थियो तर घरमा केही भन्नै सकिनँ । खाना खाँदै थिएँ । श्रीमती सरितालाई बिस्तारै भने, “हेर न, अहिले बेलुका स्काउटका साथीहरु कार्यक्रमको लागि पोखरा जाँदैछन्, मलाई ज्यादै कर गरेका छन् के गरुँ भन त ?” उनले मेरो इच्छा बुझेर “जाने इच्छा भए हुन्छ नि त, भनिन् ।” त्यसपछि छोरीहरुले पनि स्वीकृति दिए । अनि रातको ८ बजे म ललितपुरको भैंसेपाटीबाट काठमाडौंको कलंकीतिर लागेँ । ।
कलंकीमा यात्रुलाई तान्दै गरेका धेरै बसहरु थिए । तिनै बसहरुको बीचमा एउटा ठूलो यात्रुबस मलाई कुरेर बसिरहेको रहेछ । बसहरुको भिडमा उभिइरहेको थिएँ । एक जना रोभर अगाडि आइपुगे र मलाई पोखरा जान तयार बसमा लगेर बसाले । बसमा ३०–३२ जना रोभर रेन्जरहरु रहेछन् । विदेशी तथा स्वदेशी अनुहारका स्काउटबीच मलाई ती रोभरले बसको अगाडिको सिटमा डा. राम थापासँग राखिदिए । त्यस बसमा मलेशिया, ताइवान र बंगलादेशका साथै केही नेपाली रोभरको राम्रो मिश्रण थियो । मधुरो संगीत छाएको बसमा हामी सबै चुपचाप थियौं । मध्यराततिर हामी मलेखु पुग्यौं । बस एउटा होटल अगाडि रोकियो केही विदेशी स्काउटले मिठो मानेर खाना खाए । हामी चाहिं गफगाफमा लाग्यौं ।
विदेशी स्काउटहरुले खाना खाइसकेपछि बस हामीलाई लिएर गन्तव्यतिर गुड्यो । त्यसपछि त म निदाएछु । स्काउटका एकजना नेपाली सरले अंग्रेजीमा “हामी पोखरा आइपुग्यौं” भनेपछि पो म ब्यूँझिएँ । हामीलाई लिएर बस अघि बढ्दै थियो । लेकसाइडको जापानी पार्क छेछाउमा स्काउटका संरक्षक प्रधानमन्त्रीको ठूलो पोष्टरका साथमा केही स्काउट गतिविधिका फोटाहरु हेर्न पायौं । जापानी पार्क रोभर रेञ्जर क्याम्पको गेटमा स्वागतका लागि रोभर लिडरहरु रन्जन श्रेष्ठ, प्रकाश पाण्डे आदि कुरेर बसिरहनु भएको रहेछ । त्यसबेला विहानको ३ बजेको थियो । नेपाली रोभर रेन्जरलाई रोभर लिडर रन्जनलाल श्रेष्ठले स्वदेशी क्याम्पतर्फ लानुभयो भने विदेशी टोलीलाई प्रकाश पाण्डेले अन्तर्राष्ट्रिय क्याम्पतर्फ लानुभयो । मेरा साथी डा. राम थापा प्रकाशजीको क्याम्पतिर पस्नुभयो । म र केही मलेशियन, ताइवानी तथा बंगाली रोभर रेन्जर ठूलो पालमा राखिएका मेचमा नै बसेर निदाउने प्रयास गर्न लाग्यौं ।
पालैपालको रमाइलो रोभर रेन्जर गाउँ
जेठ १७ गते शुक्रबार । स्थानीय वासिन्दाहरु झिसमिसेमै उठेर महादेव मन्दिर दर्शन गर्न जाँदा रहेछन् । कोही जाँदै र कोही फर्कंदै गरेको रमाइलो दृश्यका साथै केही सर्भिस टिमका रोभर रेन्जरहरु यताउति हिंडेको चहलपहल पनि देखिन थाल्यो । रमाइलो बिहानीमा फेवातालको पानीमा माछापुच्छ्रे हिमालको प्रतिछाया, पोखराको चारैतिर हरिया बाँसले बनेका स्काउट टावर, सिंगारिएको धपक्क बल्ने स्टेज, रोभर रेन्जरहरुले आफ्ना पाल अगाडि सजाएका वस्तुहरु आदि आदि । त्यो सुन्दर क्याम्प सबैका लागि साँच्चिकै मनमोहक देखिन्थ्यो । व्यवस्थित तरिकाले विभिन्न रंगका पालहरु गाडिएका थिए । नेपालको सातै प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका रोभर र रेन्जर सहभागीहरुमध्ये ब्वाय र गर्लका लागि छुट्टाछुट्टै ठाउँमा बसोबासको व्यवस्था मिलाइएको थियो ।
केहीबेर पछि ब्रेकफास्टको लागि निम्ता आयो, हामी ब्रेकफास्ट खान गयौं । खाजाको व्यवस्थापन प्रशंसनीय थियो । खाजा खानेहरुका लागि ठूलाठूला पाल टाँगिएका थिए । समूह समूह बनाई आउनेहरुलाई अप्ठेरो नहोस् भनेर दुई/तीन ठाउँमा खाजाहरु राखिएका थिए । त्यहाँ मेरा कतिपय पुराना र केही नयाँ स्काउटहरुसँग भेट भयो । त्यसमध्ये सुरज खनाल जसले एडभेन्चर कार्यक्रमको जिम्मा लिनुभएको रहेछ, उहाँबाट साहसिला क्रियाकलापहरुबारे जानकारी पाएँ । ब्रेकफास्ट खाँदाखाँदै पनि मैले धेरै साथीभाइहरुलाई भेट्ने अवसर पाएँ । धेरैको जमघटले मनै रमायो ।
साहसी क्रियाकलापमा रमाएका रोभर रेन्जर
ब्रेकफास्ट सकेर म क्याम्पबाट तलतिर लागेँ। फेवातालको किनारमा ¥याफ्टिङ डुङ्गा हामीसामु आइपुग्यो । हाम्रो साथमा एड्भान्स टोली थिए । उनीहरुसँग केहीबेर फेवातालको विचरणपछि रोभरहरुका विभिन्न प्रतियोगितात्मक क्रियाकलाप हेर्नतर्फ लागेँ । त्यहाँ ओमेगा जम्प, रोप क्रसिङ्ग र अन्य सहसिक क्रियाकलापको व्यवस्था गरिएको रहेछ । फेवाताल पार गर्ने रोप क्रसिङ्ग क्रियाकलापले सबैलाई आकर्षित गरेको थियो । त्यसका अतिरिक्त नेट क्रसिङ्ग, बेम्बो वाक, आर्चरी, बोटिङ, टाइगरजम्प आदि धेरै क्रियाकलापमा रोभर रेन्जरले भाग लिन पाउने गरी व्यवस्था गरिएको देख्न पाएँ। ती क्रियाकलापमा भाग लिंदै गरेका रोभर रेन्जरहरुलाई देख्दा पछिसम्म पनि मिठो सम्झना रहिरहने छ । कार्यक्रमका बारेमा जानकारी दिने सूचना पाटी र मूटको पुस्तिकामा त्यससम्बन्धी नक्साहरु नभएकाले चाहिं सहभागीहरु अलि अन्यौलमा परेका देखिन्थे । जेठ १७ गतेदेखि सुरु भएको चुनौतीपूर्ण क्रियाकलापका बारेमा स्वदेशी तथा विदेशी रोभर रेन्जरहरुलाई माइकबाट सूचना दिइएको थियो ।
समूह समहूमा विभिन्न क्रियाकलापहरु सकिइसकेपछि खानाको लागि ब्रेक भयो । खानापछि विदेशी रोभर रेन्जरहरु एड्भेञ्चर क्रियाकलापतिर लागे भने नेपाली सहभागीहरु युथ फोरम, विश्व गर्ल स्काउटका नमुना ग्राम अवलोकनतर्फ लागे । म चाहिं युवा गोष्ठीतर्फ लागे । गोष्ठीमा मेचीदेखि महाकालीसम्मका र तराईदेखि पहाडसम्मका रोभर रेन्जरहरुको राम्रो सहभागिता थियो ।
सिर्जनात्मक तथा शिक्षामूलक नमूना ग्राम
युवा गोष्ठीको अर्कोतर्फ गर्ल स्काउटको नमुना ग्राम थियो । त्यसभित्र ठाउँ ठाउँमा हिंसा प्रतिरोधका नाराहरु लेखिएका थिए । त्यसको व्यवस्थापनमा महिला स्काउटहरु खटिनुभएको थियो । नमुना ग्रामको अवलोकपछि म सडकको उत्तरतर्फ बसुन्धरा पार्कमा सजिएको ओजम ग्राम अवलोकनतिर लागें । त्यसको ढोकाभित्र पस्नासाथ कान्तिपुरका रोभर रेन्जरहरुले नर्थ साउथ पार्टनरसिप कार्यक्रम अन्तर्गत समुदायमा कसरी दिगो विकासका काम गरिन्छ भन्ने सन्देश दिएका थिए । त्यहाँ मैले पनि दिगो विकास चिनाउने खेल खेल्ने मौका पाएँ ।
यसका अतिरिक्त विबिध सीप भएका रोभर रेञ्जरहरुले संचालन गरेका रोचक क्रियाकलाप जस्तै फेस पेन्टिङ्ग लगायतका समूहमा खेलिने खेलहरु पनि त्यहाँ समावेश थिए । ओजम भिलेजमै भेटिएका मेसेन्जर अफ पिसका संयोजक श्रीराम भट्टराईसँग केहीबेर भलाकुसारी गरियो । त्यसका अतिरिक्त समुदाय विकासको लागि कसरी मिलेर काम गर्न सकिन्छ भन्ने सन्देश दिन रोभर रेन्जरहरुले गरेको पोष्टर प्रदर्शनको अवलोकन गर्ने मौका पनि मिल्यो । त्यो रमाइलो वातावरणका बीच शिक्षामूलक कार्यक्रम स्काउट अफ द वर्ल्ड अवार्डमा मैले पनि भाग लिएँ, जसमा खुब रसिलो र रमाइलो अनुभव भयो । त्यसमा रेन्जरहरु प्रिति, कमला र विनितका प्रस्तुतिहरु प्रशंसनीय र सम्झनालायक थिए ।
भोलिको राम्रो संसारको कल्पना गर्दै मानवीय सेवा मार्फत् समाजको विकास र विस्तारको लागि रोभर रेन्जरले गरेका यस किसिमका उत्सवमय कार्यहरु सदा प्रशंसनीय रहनेछन् । उनीहरुले भविष्यमा गर्दै जाने कार्यका लागि सधैंसधैं सफलताको शुभकामना । यस खालका सुखद् संस्मरणहरु अझ प्रशस्तै लेख्न पाइयोस् ।
किरणदत्त तेवारी