सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण


  •    न्युजभित्तो/१३ फाल्गुन २०७७, बिहीबार १५:२६ 
  • भरतपुर, १३ फागुन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो ।

    पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उहाँले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु ।” उहाँले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताउनुभयो ।

    अतिक्रमण गर्ने व्यक्ति र सङ्घ संस्थासँग बसेर छलफल गरी समस्या समाधानको बाटो रोज्ने योजना रहेको उहाँले बताउनुभयो । देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थितरूपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईलाई पनि व्यवस्थित गरिने अधिकारीको भनाइ छ । उहाँले त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताउनुभयो । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उहाँको भनाइ थियो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.