घना जङ्गलका बीच थारू, दराई, मुसहर, कुमाल र बोटे जातिका फाटफूट बसोबास रहेको चितवन २०१३ सालदेखि राप्ती दून विकास परियोजनामार्फत सरकारले बसोबास विस्तार गर्न थालेपछि गुल्जार बन्दै गयो । नत्र यो क्षेत्र पहिले गैंडा, गोही, बाघ लगायतका जनावरको बासस्थान थियो । बस्ती बढेपछि गैंडा जोगाउन २०२५ सालमा गैंडा आरक्ष र २०२९ सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरियो । यतिबेला तराइमा संरक्षित त्यही निकुञ्जका गैंडा र गोहीदेखि पहाडको गुराँससँग गाँसिएको एकै गन्तव्य भएको छ चितवन ।
गैंडा
गैंडा हेर्न चितवन आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या वर्षेनि बढ्दो छ । गैंडाको मुख्य बासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । भए पनि पछिल्ला वर्षहरूमा निकुञ्जवाहिर समेत गैंडाको वासस्थान विस्तार भएको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरू यसका राम्रा उदाहरण बनेका छन् । अब गैंडा हेर्नका लागि निकुञ्ज छिर्न जरुरी छैन । पहिलेदेखि प्रचलित गन्तव्य सौराहामा थपिंदो चाप थेग्न मेघौली, मंगलपुर, जगतपुर, पटिहानी, कुमरोज र माडी जस्ता वैकल्पिक स्थलहरू पनि गैंडासँग सुखद् संगम गराउन सक्षम छन् । मगर गोही नारायणी र राप्ती नदीका साथै यस वरपरका तालतलैयाहरूमा जताततै पाइए पनि निकै दुर्लभ घडियाल गोही सजिलैसँग हेर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक रहेको गोही प्रजनन् केन्द्रमा पुग्नुपर्छ ।
सौराहामा अवलोकन गर्न पाइने थारू सँस्कृति होस् या मेघौलीको कुमाल कल्चर, चितवनको तराई क्षेत्रमा विदा मनाउन आउने पर्यटकलाई यहाँको सनातन जनजीवन र भेषभूषाको भरतपूर ज्ञान दिलाउन अनेकौं आदिवासीका मौलिक रीतिरिवाजहरू यथेष्ट छन् । राप्ती र बुढी राप्तीमा काठका स–साना डुङ्गा चढेर जलयात्रा गर्दै गोही हेर्नुको मज्जा बेग्लै छ । यात्रामा फाटफुट घडियाल र बाक्लै मगर गोही भेटिन सक्छन् । बीसहजारी ताललाई बिर्संदा गोही र चराको अवलोकन अधुरो हुन जान्छ । भरतपुर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने बरण्डाभार जङ्गलभित्र पाँच कुने तारा आकारमा फैलिएको यो ताल अनेकौं देशबाट प्रजनन् र सयरका लागि मौसमी बसाइँ सरेर आउने दुर्लभ चराहरूको चरन र क्रिडाकुण्ड हो ।
तराईमा गैंडा हेर्न जीपको कुँदाइ या हात्तीको हिंडाइसँगै हल्लिएको ज्यान लिएर सौराहादेखि २५ किलोमिटर उत्तरको शक्तिखोर बजार पुगेपछि पहाडी गाउँका गन्तव्यहरूको ढोका खुल्छ । पहाडको काखमा पसारिएर चितवनलाई तराईसँग जोड्ने शक्तिखोर गाउँ चितवनको पदयात्रामार्ग ‘चेपाङ हिल ट्रेल’ को आधार शिविर पनि हो जहाँ एक रात बास बसेर पहाड चढ्नु् बेश हुन्छ । शक्तिखोरबाट विहान चियानास्ता गरी चेपाङ हिल ट्रेल उक्लन शुरु गरेपछि बाटामा ड्राई फुडको स्वादसँगै चेपाङको जनजीवन नियाल्दै यात्रा अघि बढ्छ । आठ घण्टा उक्लिएपछि चितवनको लेकमा अवस्थित हात्तीबाङ गाउँ पुगिन्छ ।
उपरदाङगढी
हात्तीबाङवासीले साँझ आफ्नै सँस्कृतिअनुसार नाचगान र भजनकीर्तन गरेर फूलमाला लगाई न्यानो स्वागत गर्छन् । लेकाली स्वादको दालभात तयार हुन्छ । बास बस्न व्यावसायिक होमस्टेहरू छन् । हात्तीबाङको होमस्टेलाई भोलिपल्ट विहान उज्यालो हुनुभन्दा दुई घण्टा अगाडि नै छाडेर गुराँसका बोट समाउँदै १ हजार ९ सय ५६ मिटर अग्लो सुराइचुली चढ्न थाल्नुपर्छ । फागुन–चैतमा त लालीगुराँस फुलेर सिंगै पहाड घुम्टो ओढेकी बेहुलीझैं शोभायमान देखिन्छ । चुली चुम्दै गर्दा उँधोतिर कुहिरो र बादलको सागर देखा पर्छ । उत्तरका हिमश्रृंखलाहरू पूर्वी आकाशबाट आउने लालिमा पर्खिरहेका हुन्छन् । चुचुरो चुमेपछि पूर्वबाट सुन चम्किएजस्तो सूर्योदयले स्वागत गर्छ । त्यसबेलाको सप्तरङ्गी सौन्दर्यमा लठ्ठिनेहरू आनन्दको उत्कर्ष महसुस गर्छन् । फेरि हात्तीबाङ झरेर खाना खाइवरी सुस्ताउँदै पाँच घण्टा ओर्लिएपछि धादिङमा पर्ने पृथ्वी राजमार्गको हुग्दीखोला पुगिन्छ । त्यहाँबाट बस चढेर फर्किएपछि गैंडा, गोही र गुराँससँग गाँस्ने गन्तव्ययात्रा सुखानुभूतिका साथ सकिन्छ ।
चितवनमा गैंडा डुल्ने मैदानदेखि गुराँस फुल्ने वनसम्म सबै अटाएका छन् । नारायणी र रापती नदीको संगमस्थल गोलाघाट सूर्यास्त अवलोकनका लागि जिल्लाकै सबैभन्दा चित्ताकर्षक विन्दु हो । धार्मिक पर्यटकका लागि त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटधाम, त्यहाँका मठमन्दिर, देवालयका साथै तपोभूमि सदावहार गन्तव्य बनेका छन् । भरतपुरदेखि ४० किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने माडी उपत्यका अर्को विशिष्ट पहिचान बोकेको पौराणिक प्राकृतिक सम्पदा हो । यो उपत्यका २ सय ३८ वर्गकिलोमिटर फराकिलो छ । रामायणमा उल्लिखित बाल्मीकि आश्रमदेखि, पाँच पाण्डव वनवासमा बसेको पाण्डवनगर, रहस्यमय इनारसहितका रामायणकालीन भग्नावशेषहरू, पर्शुरामले तपस्या गरेको गोद्धक, पर्शुरामकुण्ड, सोमेश्वरपर्वत, बैकुण्ठेश्वरधाम, सीतागुफा लगायतका धार्किक–पुरातात्विक महत्वका क्षेत्रहरू माडीका पहिचान हुन् जहाँ निकै कम पर्यटक मात्र पुग्ने गरेका छन् ।
हात्तिवाङ गाउँ
उत्तरपूर्वी पहाडका अधिकांश भागबाट मनोरम हिमश्रृंखलाका साथै जिल्लाको सम्पूर्ण समथर भूमि एकै दृश्यमा देख्न सकिन्छ । यसअन्तर्गत महाभारत पर्वतका अग्ला टाकुरा, २ सय ५० वर्षअघि राजा पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले बनाएको सामरिक महत्वको उपरदाङगढी किल्ला, कविलासगढी, सिराइचुली, कामिनचुली, लामो झर्ना, चित्राम झर्ना, ज्यानदाला भीर, सोलीघोप्टे पहाड, चेपाङ संग्रहालय, हात्तीबाङ होमस्टे, भरतपुर महानगरपालिका–२९ को कमलपुर गुरुङ गाउँ जस्ता फरक स्वादका गन्तव्यहरू पाहुनाको पर्खाइमा छन् । यस क्षेत्रका कतिपय उच्च विन्दुबाट पूर्वोत्तर भारतको विहार राज्यका कैयन समथर फाँट र रात्रिकालमा त्यहाँको सहरी झिलिमिली र रेल कुँदेको रोमाञ्चक दृश्य आँखैअगाडि आइपुग्छ । राप्ती नगरपालिकाको चुलीमा पर्ने कामिनचुली पहाडबाट त राति काठमाण्डौ उपत्यकाको उज्यालो प्रकाशले चम्किएको आकाश आँखै बन्द नगरी हेरिरहन मन लाग्ने स्थानीय वासिन्दाहरू बताउँछन् ।
प्रकृतिले दिएका प्रशस्त सम्भावनाहरूका साथै मानवनिर्मित पूर्वाधारहरू पनि विस्तारै विकसित हुँदै गएको चितवनमा उष्ण गर्मीदेखि बाह्रै महिना जाडो हुने ठण्डा हावापानीयुक्त गन्तव्यको अनुभव एकै दिनमा लिन सकिने दुर्लभ अवसर छ । पर्यटकलाई चाहिने सेवा र सुविधामा भने चितवनले अझै निकै उन्नति गर्न बाँकी छ । पहाडी इलाकामा खासै आवासको सुविधा तयार भइनसकेको अवस्था छ ।
एकल सिलवाल