सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १२:५७ 
  • रुपन्देही, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ ।

    नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो । शिलालेख किन र कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन ।

    ‘साँझसम्म ठिकै थियो, राति तोडफोड गरिएको छ’ , राप्ती गाउँपालिका वडाध्यक्ष विद्याशरण चौधरीले टेलिफोन सम्पर्कमा भने ।

    इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले तोडफोडबारे अनुसन्धान शुरू भएको बताए ।

    महदेवा क्षेत्रमा बनेको पुलको शिलालेखमा सिसहनियाँ पुल लेखिएको भन्दै स्थानीयले शुरूमा गुनासो गरेका थिए । यही विषयमा असन्तुष्टि राखेका स्थानीयले तोडफोड गरे वा राजनीतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फरक मत राख्नेले उनको नामहटाउन शिलालेख तोडफोड गरे भन्ने विषय नखुलेको बताइएको छ ।

    महदेवाको नाम थपेर नयाँ शिला राख्ने तयारी गरिएको पुल निर्माण सहयोग समन्वय समितिका अध्यक्ष नन्दकुमार चौधरीले जानकारी दिए । ‘शिला तयार पार्दा महदेवाको नाम छुट्न गएछ । त्यसमा थप्ने कुरा भएको थियो, उनले भने नयाँ शिलालेख तयार नहुँदासम्म नहटाउनुपर्ने थियो । अब नाम सच्चाएर नयाँ शिला राखिनेछ’, चौधरीले भने ।

    गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिलालेख तोडफोडले राम्रो सन्देश नगएको बताउँदै विकासमा अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

    २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब रूपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

    तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.