सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुको काठमाडौंमा प्रदर्शन


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १३:३० 
  • काठमाडौं, ३० माघ । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।

    त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए।

    स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी छन् । बसन्तपुरमा स्रष्टाहरुले मन्तव्य राख्ने र कविता बाचन गर्ने कार्यक्रम रहेको छ। ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.