नेपाल स्काउटको इतिहास र वर्तमानमा देखिएका चुनौतीहरु
/१६ जेष्ठ २०७६, बिहीबार २१:१५
किरणदत्त तेवारी
नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । विश्व व्याय स्काउट संस्थाको मुख्यालय हाल मलेशियामा रहेको छ भने विश्व गर्ल स्काउट संस्थाको वेलायतमा छ । नेपाल स्काउटले यी दुवै विश्व संस्थाको सदस्यता प्राप्त गरिसकेको छ । हाल विश्वका १७० देशमा ब्वाय र १५० देशमा गर्ल स्काउट राष्ट्रिय संस्थाहरु छन् । विश्वभर यी संस्थाका पाँच करोड व्याय स्काउट र एक करोड गर्ल स्काउट सदस्यहरु छन् ।
लेखक तेवारी
स्काउट संस्था विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था हो । हरेक राष्ट्रिय स्काउट संस्था आ–आफ्ना राष्ट्रका सरकारबाट मान्यता प्राप्त छन् । नेपाल स्काउट २००९ सालमा तत्कालीन सरकारको पहलमा संचालित संस्था हो । विधान, नियम र व्यवस्थाहरु सरकारले निर्धारण गरेको यो संस्था शुरुदेखि नै स्वयमसेवीहरुबाट संचालित छ । यसका विधान, नियम, विनियमहरु समयानुकुल आवश्यकता अनुसार संशोधन एवं परिमार्जित हुँदै आएका छन् ।
स्काउट ऐनको व्यवस्था
तत्कालीन नेपाल सरकारले २०५० सालमा स्काउट ऐन २०५० मार्फत् स्काउटलाई व्यवस्थित गरेको हो । २०५५/०९/२२, २०६२/१०/१७, २०६३/०९/१४ र २०६६/१०/०७ मा आवश्यकता अनुसार संशोधन हुँदै आएको यो ऐन अब पनि संशोधन हुने क्रममा छ ।
ऐन मुताविक २०५२ मा गठित राष्ट्रिय परिषदको कार्यविधिको म्याद पूर्णता भएर पनि निर्वाचन परिणाम प्राप्त नभएको कारण दर्शाइ मौजुदा कार्यकारिणी समितिले १ वर्ष म्याद थप्न माग गर्दा तत्कालीन शिक्षामन्त्री योग प्रसाद उपाध्यायले मौजुदा समितिको कार्यकाल समाप्त भइसकेको अवस्थामा म्याद थप्न नसकिने भनी ५ सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन गर्नुभएको थियो । सो समितिले एक वर्षभित्रै चुनाव गरी २०५७ असार १२ गते राष्ट्रिय परिषद गठन गरेको थियो । परिषद बैठकको सिफारिसमा प्रमुख स्काउट सरकारका पूर्व सचिव श्री शरद कुमार भट्टराईको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति गठन भएको थियो ।
नेपाल स्काउट ऐनको पहिलो संशोधनपछि २०५९ सालमा भएको निर्वाचनको परिणाम आएपश्चात २०६०/०३/०३ मा तत्कालीन माननीय शिक्षा मन्त्री, प्रमुख स्काउट श्री हरिबहादुर बस्नेतको अध्यक्षतामा ७३ जना परिषदको उपस्थितिमा बसेको बैठकले ५ विकास क्षेत्रका ५ सदस्यीय निर्वाचित समितिको सिफारिसमा ४ वर्षका लागि ललितपुर जिल्लाबाट निर्वाचित भई आएका श्री श्रीराम लामिछानेलाई प्रमुख आयुक्तको पदमा नियुक्त गरेको थियो । प्रमुख आयुक्तको सिफारिसमा राष्ट्रिय कार्यकारी समिति र राष्ट्रिय सल्लाहकार सभाको गठन भयो । सो राष्ट्रिय परिषद, राष्ट्रिय कार्यकारी समिति र सल्लाहकार सभाको पदावधि सकिन नपाउदै पुनः २०६३/०९/१४ मा तेस्रो पटक ऐन संशोधन भई मौजुदा परिषद समिति र सभा भंग हुन गएको थियो । तत्पश्चात ३०६३/१०/५ मा नयाँ तदर्थ समिति गठन भयो । सो तदर्थ समितिमा निवर्तमान प्रमुख आयुक्त श्री श्रीराम लामिछाने नै संयोजकमा नियुक्त हुनुभयो ।
त्रुटिपूर्ण परम्पराको थालनी
संशोधित ऐन नियम लागु हुँदा प्रमुख आयुक्तको पद स्वतः खारेज हुनेछ भन्ने कुरा ऐनमा नलेखिएको कारण देखाई प्रमुख आयुक्तको पद यथावत कायम राखियो । संशोधित ऐन लागु भएको मितिदेखि ऐन अन्तर्गत गठन भएको मौजुदा निकायहरु निस्क्रिय हुनेछन् भन्दाभन्दै पनि प्रमुख आयुक्तको पद र सल्लाहकार सभाका अध्यक्षको म्याद कायम नै राख्ने त्रुटिपूर्ण कार्यले निरन्तरता पाउँदै आयो । तत्कालीन तदर्थ समितिले आफूलाई प्राप्त जिम्मेवारी जिम्मेवारी वहन गर्दै समयमै निर्वाचन सम्पन्न गर्यो।
२०६४/९/२८ मा प्रमुख स्काउट माननीय शिक्षामन्त्री प्रदिप कुमार नेपालको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद बैठकमा भएको ५ विकास क्षेत्रका ५ सदस्यीय निर्वाचन समितिको सिफारिसमा तत्कालीन राष्ट्रिय तदर्थ समितिका संयोजक श्री श्रीराम लामिछाने पुनः ४ वर्षको लागि प्रमुख आयुक्तको पदमा नियुक्त हुनुभयो । उहाँको नेतृत्वमा गठित राष्ट्रिय कार्यकारी समितिको कार्यदक्षतालाई लिएर २०७० सालमा अवरोध खडा हुन गयो । लामिछाने हटेपछि पूर्व राष्ट्रिय परिषद भंग हुन गयो । फलस्वरुप त्यस राष्ट्रिय कार्यकारी समिति २०७१ जेठ ९ गते भंग गर्दै प्रमुख स्काउटले नेपाल सरकारका सचिव श्री ध्रुव प्रसाद शर्माको संयोजकत्वमा राष्ट्रिय तदर्थ समिति गठन गर्नुभयो । सो समितिलाई निर्वाचन गर्ने जिम्मा दिइएको थियो तथापी श्री ध्रुव प्रसाद शर्माको समितिले पनि मिति २०७१ साल पुष २० गते आफ्नो जिम्मेवारी पुरा नगर्दै छोडेर गयो ।
मिति २०७१/०९/२१ गते स्वतः विघटित भएको पुरानो परिषदलाई व्यँताउँदैै ५ विकास क्षेत्रका पूर्व निर्वाचित ५ जना सदस्यहरुबाट छनोट भएका काठमाडौं जिल्लाका जिल्ला आयुक्त श्री रविन दाहालको नेतृत्वमा २०७१/०९/१२ मा राष्ट्रिय कार्यकारीणी समिति गठन गरियो । उक्त समितिलाई पनि निर्वाचन गर्ने जिम्मा दिइएकोमा जिम्मेवारी वहन नगर्दै विवादमा परी समिति विघटन भयो । २०७४/५/५ मा एक वर्षभित्र पुनः चुनाव गर्नका लागि स्काउटर चन्दन कौशिकको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति गठन भयो । सो समितिले पनि देशको बदलिदो परिवर्तनलाई आत्मसात गर्दै आफ्नो जिम्मेवारी वहन गर्न नसक्दा मिति २०७५/५/६ मा उसको कार्यअवधि पनि समाप्त भयो । कौशिक नेतृत्वको तदर्थ समितिले वदलिंदो राष्ट्रिय परिस्थितिलाई लिएर नेपाल स्काउट ऐन संशोधनका खाका तयार गरी युवा तथा खेलकूद मन्त्रालयमा पेश गरेको थियो । त्यसपछि हालको ५ सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन भई क्रियाशील छ ।
पछिल्लो चरणका प्रयत्नहरु
श्री चन्दन कौशिकको तदर्थ समिति निस्कृय भएपश्चात् प्रमुख स्काउट माननीय खेलकूदमन्त्री जगत बहादुर सुनारज्यूले नेपाल स्काउट ऐन २०५० मा पुनः संशोधनका लागि सुझाव संकलन गर्दै गर्दा २०७५/०९/११ मा नेपाल सरकारका पूर्व सचिव श्री लोक बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गर्नुभएको छ । यसमा महिला स्काउट सदस्यको संख्या कमी महसुस गरिएको छ । यो समितिले पनि राष्ट्रिय परिषदको चुनाव गर्ने जिम्मा समेत पाएको छ । यसमा पूर्व प्रमुख आयुक्त र तदर्थ समितिका संयोजक समेत गरी ७ सदस्यीय पूर्व प्रमुख आयुक्तहरु सम्मिलित सल्लाहकार समितिको पनि गठन भएको छ । हाल यो समिति पनि कार्यदायित्व वहन गर्नमा अलमलिएको छ ।
हालको नेपाल स्काउट तदर्थ समितिले धेरै राम्रा कामहरु पनि गरेको छ जस्तैः प्रदेश नं. १ सरकारसँग सहकार्य गर्दै विराननगरमा त्यस क्षेत्रका ५०० भन्दा बढी शिक्षक शिक्षिकाहरुलाई स्काउटको आधारभूत तालिम संचालनका गरेको थियो । त्यस्तै पोखरामा हुन लागेको पहिलो राष्ट्रिय रोभर तथा रेन्जर मूटमा प्रादेशिक र स्थानीय सरकारसँगको सहकार्य गर्दै स्काउटका प्रशिक्षकहरु साथै युवा रोभर रेन्जरहरुलाई समावेश गरी हुन लागेको रोभर रेन्जर मूट पनि वडो प्रशंसनीय कार्य हो । तथापि नेपाल स्काउटले ६७ वर्ष लगाएर बसालेको वास्तविकतालाई कदर नगरी मौजुदा सल्लाहकार समितिसँग कतिपय महत्वपूर्ण विषयहरुमा समेत परामर्श नगरी समिति अगाडि बढेको महसुस गर्न थालिएको छ ।
परम्परा र चलिआएका साथै अन्तराष्ट्रिय व्वाय र गर्ल संगठनले स्वीकृत प्रदान गरेका युनिफर्म, स्कार्फ, ब्याच तथा नीतिका कुराहरु फेरबदल गर्नुपर्दा गठित सल्लाहकार समितिको परामर्श गर्ने परम्परा बसाले राम्रो देखिने छ । सुझाव र परामर्श लिएर अगाडि बढ्दा कार्यमा सन्तोष मिल्ने र सजिलो हुन आउँछ ।
सञ्चार प्रक्रियामा विस्तारको आवश्यकता :
श्री कौशिकको संयोजकत्वको पूर्व तदर्थ समितिबाट पनि सूचना र संचारको कार्यमा निरन्तर गल्ती हुन गई विमोचन भइसकेको स्काउट बुलेटिन स्काउटसामु आउन सकेन । घोषणा भइसकेका पदकहरु कसैले त्यसबेला प्राप्त गरे, कसैलाई उपलब्ध गराइएन । स्काउटले गरेका र संस्थाले गरेका कार्यहरु पारदर्शी हुनुपदर्छ । केही वर्षयता हरेक स्काउटलाई जानकारी हने स्काउट बुलेटिन प्रकाशन हुन सकेका छैनन् । जिल्ला कार्यालयहरु एवं क्षेत्रीय कार्यवधिका म्याद सकिसकेर पनि राष्ट्रिय प्रधान कार्यालयको त्यस तर्फ कुनै निर्देशन छैन । संस्थाका यावत् कार्यको प्रतिफल पाउन स्काउटहरु लालयित हुँदाहुँदै पनि केही वर्षयता उनीहरु वञ्चित भएका छन् । अन्योलमा छन् । गल्ती हुँदै जाँदा इतिहासले पछिसम्म यसलाई लुकाउन सक्दैन । पछिका पिढीले पनि ती कार्यको प्रशंसा गर्न सक्दैनन् । २०१९ सालदेखि प्रकाशित भइरहेको स्काउट बुलेटिनले केही हदसम्म पारदर्शिता दिएको थियो । हाल संचार माध्यमहरु धेरै फराकिलो हुँदै आएका छन् तर पनि स्काउट क्षेत्रमा एक जिल्लाले गरेका राम्रा कार्यकलापहरु अर्को जिल्लाले थाहा पाउन सकेको छैन । राष्ट्रिय होस,वा जिल्ला या क्षेत्रीय कार्यालयहरुले वार्षिक योजना बनाउँथे । एकाईहरुले पनि आफ्ना वार्षिक कार्यक्रम तर्जुमा गर्दथे ती कार्यहरु हाल हुन सकेका छैनन् । भोलिका कल्पना गर्ने र गराउने प्रयास छुट्न गएका छन् । तिनीहरुलाई निरन्तरता दिनु राम्रो हुनेछ ।
स्काउटका महत्वपूर्ण राष्ट्रिय उपलब्धि र यसका चुनौतीहरु
नेपाल स्काउटले सुरुका दिनदेखिनै राष्ट्रमा हुन गएका प्राकृतिक प्रकोप जस्तैः बाढी, पहिरो, भूकम्प आदि जस्ता दैवी प्रकोपमा स्काउट सेवा सिविर खडा गर्दै दुर्गम स्थानसम्म पनि पुगेर सहयोग र सेवा पुर्याउँदै आएको छ । यसका अतिरिक्त राष्ट्रिय पर्व र चाडवाडहरुमा समेत शिविर संचालन गर्दै अनुशासित भएर अरु संघसंस्थासंग मिलेर आफूले गर्नु पर्ने सेवा गर्दै आएको छ । यस्ता सेवाहरु अरु देशका स्काउटहरुले पनि आ– आफ्नो स्थानमा गर्ने गर्छन् ।
अन्तमा,
१) स्काउटिङ्गलाई सहरदेखि गाउँसम्म लैजाने अभियानलाई सफल पार्न सहयोगी हातहरु र निरन्तरर हौसलाको आवश्यकता पर्दछ । स्वयमसेवी स्काउट मास्टरबाट संचालित स्काउट क्रियाकलापलाई नयाँ दिशा दिन बेलाबेलामा निरीक्षण र अवलोकन हुनुपर्दछ । यसका अतिरिक्त उनीहरुले गरेका कार्यको सबै तहमा प्रशंसा र प्रोत्साहन हुनुपर्दछ ।
२) स्काउटिङ्गको दरिलोपन पारदर्शिता हो । सहभागिता र सुशासन यो दुवै कुरा स्काउट, ब्राउनीहरुले सानैदेखि आफ्नो टोली, सिक्सदेखि सिक्दै आउँछन् । यी महत्वपूर्ण सिक्ने कुरा एकाई, प्रदेश र केन्द्रसम्म गरिन्छ । पारदर्शिता, सुशासन र सहभागितालाई अभियानको रुपमा अघि बढाउँदै पुराना हिसाब किताबहरु फरछ्र्यौट भइरहेको हुनुपर्दछ । यी कुरालाई पारदर्शिताको रुपमा बुझ्ने र बुझाउने कार्य भइरहनु पर्दछ ।
३) हेदाहेर्दै कही सुधार गर्नुपर्ने देखिएमा तुरुन्त सुधार्नु पर्दछ । स्काउटहरु निष्पक्ष हुन्छन् । गलत काम हुन गएको देखेमा तुरुन्त सुधार्न मद्दत गर्छन् । यदि कसैले गलतलाई आँखा छोप्ने काम गर्छ भने गलत गर्ने मात्र हैन देख्ने व्यक्ति पनि दोषी हुन्छ । स्काउटले सकभर विगार्दैनन्, कथंकदाचित विग्रन गयो भने यथासक्य छिटो सुधार्छन् ।
४) स्काउटहरु राम्रा गतिविधिहरुमा भाग लिने र गर्ने गर्दछन् । हरेक कार्यमा धेरै स्काउटहरुको सहभागिता, सहकार्य र सद्भावना व्याप्त हुन्छ । स्काउटहरु मर्यादाक्रममा धेरै ध्यान दिन्छन् । सानो ठूलो सबैका आदर गर्छन् सबैको समान सहभागिताको ख्याल गर्छन् । समावेशी भई चलिआएको संस्कार कायम गर्छन् र यो प्रक्रिया चल्दै जाने बानीको विकास गर्दै लैजान्छन् । नेतृत्वमा बसेकाले यो बानी व्यहोराको कदर गर्दै जानुहुनेछ भन्ने हाम्रो मान्यता हो । यी व्यहोरा सबै तहमा सैद्धान्तिक रुपमा हैन कार्यमा पनि भएमा थालनी गरेका सबै गतिविधि दिगो र सबैको मन जित्ने खालको हुन्छ । स्काउटिङ्ग संसारकै सहभागितामूलक, नमुनामुखी, धेरैको प्रतिनिधित्व भएको कार्यक्रम हो । यो प्रक्रिया निरन्तर भइरहन्छ । समय समयमा नेतृत्वको परिवर्तन भइरहन्छ तर संस्कार बदलिंदैन ।
हालको तदर्थ समितिलाई पनि स्काउटको दिगो विकासको लागि परम्परा अनुरुप चलिआएको निर्वाचन प्रक्रियालाई पूर्ण गर्ने जिम्मा दिइएको छ । हालको परिप्रेक्षमा देशको संगठनिक एवं प्रशासनिक व्यवस्थामा नयाँपन आएको छ । नेपाल स्काउट पनि त्यस अनुरुप जान मौजुदा ऐन संशोधन प्रक्रियामा गएको छ । संशोधन प्रक्रियाले यदि लामो समय लिने भएमा कानुन विज्ञहरुको सल्लाह र स्काउटका नेतृत्व व्यक्तिहरुको परामर्श लिएर पुरानै ऐन नियमलाई निरन्तरता दिएर चुनाव गरी अन्योलको वातावरण अन्त्य गर्न सकिन्छ भन्ने कुरा स्काउटमा आवद्ध भएका केही कानुनका विद्यार्थीहरुको राय छ । उनीहरुको राय अनुसार विधेयक पारित भएर आएपछि त्यही अनुसार अगाडी बढ्दा राम्रो हुनेछ । यसतर्फ हालको तदर्थ समितिले पनि ध्यान दिएन र यथासक्य चाँडै निर्वाचन नगरी आफ्नो कार्यावधि गुजार्यो भने आदिकवि भानुभक्त आचार्यको कविताको निम्न पंक्तिको आशय यस समितिको क्रियाकलापप्रति सान्दर्भिक ठहरिएला कि भन्ने चिन्ता छः
बिन्ती डिठ्ठा बिचारीसित कति म गरूँ चुप रहन्छन् नबोली बोल्दछन् ता ख्याल गर्या झैं अनि पछि दिनदिन भन्दछन् भोलिभोलि कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली
यद्यपि हामीलाई आशा एवम् विश्वास छ, वर्तमान तदर्थ समितिले आफ्नो कर्तव्य र जिम्मेवारी भुल्नेछैन ताकि भावी पिंढीले यस समितिलाई यो हदसम्मको अकर्मण्य संरचनाको रुपमा सम्झने छैनन् ।
(लेखक तेवारी नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ ।)

बिन्ती डिठ्ठा बिचारीसित कति म गरूँ चुप रहन्छन् नबोली
बोल्दछन् ता ख्याल गर्या झैं अनि पछि दिनदिन भन्दछन् भोलिभोलि
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली