चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या एक सय २० मा पुगेको थियो । सन् २०१८ मा आईपुग्दा बाघको संख्या घटेर ९३ मा झरेको छ । राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करिब ९ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करिब ७ सय २९ वर्ग किमीमा फैलिएको छ । सन् २०२२ (विसं २०७९तिर) सम्ममा बाघको संख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेको छ । तर चितवनमा बाघ घटेपछि संरक्षणका क्षेत्रमा ठूलो चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा बाघको संख्या बढाउने अभियानसँगै यसको संरक्षणमा भने चुनौती देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल वन क्षेत्रको अतिक्रमणको कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उनले बताए । पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उनको भनाई छ । एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकार एवम् अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउँछन् । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उनले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको बताए । बाघको बासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ । निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेका बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बहन क्षमताको अध्ययन
दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरर्राष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी छन् । अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी छ । राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन ।
तिलकराम रिमाल
चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या एक सय २० मा पुगेको थियो । सन् २०१८ मा आईपुग्दा बाघको संख्या घटेर ९३ मा झरेको छ ।
राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करिब ९ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करिब ७ सय २९ वर्ग किमीमा फैलिएको छ ।
सन् २०२२ (विसं २०७९तिर) सम्ममा बाघको संख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेको छ । तर चितवनमा बाघ घटेपछि संरक्षणका क्षेत्रमा ठूलो चिन्ता व्यक्त गरिएको छ ।
निकुञ्जमा बाघको संख्या बढाउने अभियानसँगै यसको संरक्षणमा भने चुनौती देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल वन क्षेत्रको अतिक्रमणको कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उनले बताए ।
पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उनको भनाई छ ।
एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकार एवम् अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउँछन् । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उनले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको बताए ।
बाघको बासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ ।
निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेका बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
बहन क्षमताको अध्ययन
दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरर्राष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी छन् ।
अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी छ ।
राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन ।