सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन क्षेत्र अतिक्रमणको चपेटामा बाघ


  •    /१ बैशाख २०७६, आईतवार १७:०० 
  • तिलकराम रिमाल

    चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ ।
    चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन् २००३ मा ६०, २००५ मा ६५ र सन् २०१३ मा यो संख्या एक सय २० मा पुगेको थियो । सन् २०१८ मा आईपुग्दा बाघको संख्या घटेर ९३ मा झरेको छ ।
    राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करिब ९ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करिब ७ सय २९ वर्ग किमीमा फैलिएको छ ।
    सन् २०२२ (विसं २०७९तिर) सम्ममा बाघको संख्या दोब्बर बनाइने सरकारी लक्ष्य रहेको छ । तर चितवनमा बाघ घटेपछि संरक्षणका क्षेत्रमा ठूलो चिन्ता व्यक्त गरिएको छ ।
    निकुञ्जमा बाघको संख्या बढाउने अभियानसँगै यसको संरक्षणमा भने चुनौती देखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल वन क्षेत्रको अतिक्रमणको कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । वन क्षेत्रमा सडक निर्माण गर्दा बाघको बासस्थान खण्डीकरण, मठ–मन्दिर र सुकुम्बासीका नाममा वन क्षेत्र अतिक्रमण हुँदा बाघको बासस्थान साँघुरिंदै आएको उनले बताए ।
    पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माईकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जाने जस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उनको भनाई छ ।
    एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर र यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
    बाघ विज्ञ चिरञ्जीवि पोखरेल बासस्थान घट्दै जानु, चोरीशिकार एवम् अवैध व्यापार बढ्नु, आहारा घट्दै जानु जस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउँछन् । विश्वका १३ वटा देशमा पाटेबाघ पाईने बताउँदै उनले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भईसकेको बताए ।
    बाघको बासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरीशिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमा सम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको पोखरेलको भनाई छ  ।
    निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव वस्ती पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ ।
    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्कमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने बाघ पाईने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसै अनुरुप नेपालले पनि बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेका बाघ सन् २०१० सम्म आईपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

    बहन क्षमताको अध्ययन

    दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालिएको छ ।
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरर्राष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक सहभागी छन् ।
    अध्ययनमा विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी छ ।
    राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.