कांग्रेस अरुको खेताला र पुच्छर बनेर सडकमा जान हुँदैन:युवा नेता कोइराला
न्युजभित्तो/१७ पुष २०७७, शुक्रबार १७:०६
चितवन,१७ पुस । अहिलेको प्राथमिकता चुनावमा कि आन्दोलनमा जानु ? कांग्रेसभित्र यस्तो हास्यास्पद बहस सुरु भएको छ । विवाद नै नहुनुपर्ने विषयमा विवाद हुनु भनेको कांग्रेसको छवीमा दाग लगाउनु हो, कांग्रेसको इतिहास नबुझ्नु हो, वीपी कोइरालाको मार्गदर्शन थाहा नपाउनु हो ।
कांग्रेसको इतिहास र वीपीको मार्गदर्शन जसले बुझेका छैनन्, नेपालका कम्युनिष्टको नीति र नियत जसले बुझेका छैनन्, उनीहरुले आन्दोलनलाई नै प्राथमिकता दिनुपर्छ भनेका छन् । नबुझ्नुलाई अन्यथा भन्न मिल्दैन । तर, वीपी बुझेका, कम्युनिष्ट चिनेकाहरु पनि आन्दोलनलाई प्राथमिकता दिनुपर्छ भन्दैछन्, यो चाहिँ अस्वाभाविक हो । कांग्रेसभित्र कम्युनिष्टको कलहको भूतप्रेत पसेको संकेतका रुपमा पनि यसलाई लिन सकिन्छ । कतिपयले कांग्रेसभित्र प्रचण्डको विध्वंशात्मक प्रेत पसेको पनि भन्दैछन् ।
कांग्रेस, कम्युनिष्ट र विकृति
कांग्रेसले नेपालका कम्युनिष्टहरुलाई निरन्तर लोकतान्त्रिकरण गराउँदै ल्यायो । तर, कांग्रेसभित्र चाहिँ भ्रष्टिकरण हावी भयो । कम्युनिष्टहरु आफूलाई ‘होलटाइमर’ भन्छन्, पार्टीबाट औपचारिक रुपमा तलब समेत खान्छन् तर कांग्रेसजन होलटाइमर हुँदैनन् । कांग्रेसका नेता कार्यकर्तालाई पार्टीले पाल्ने र तलब दिने व्यवस्था छैन । स्वावलम्बी बन्नुपर्ने कांग्रेसको मान्यता हो । राजनीतिलाई पेशा नबनाउने कांग्रेसको आदर्श हो । तैपनि कांग्रेसमा जताततै भ्रष्टहरु हावी भएको देखिन्छ । राजनीतिलाई सेवा ठान्ने प्रवृत्ति हरेक पार्टीमा घट्दै गएको छ ।
कांग्रेसमा ज्यूँदा नेतालाई मात्र भजाउँदैनन्, स्वर्गीय नेताहलाई पनि भजाएर खाने प्रवृत्ति छ । नेताको नाम बेच्ने चलन छ । लिलाममा चढ्न, बिक्री हुन तयार भ्रष्ट नेताहरुको पनि कमि छैन कांग्रेसमा । पार्टीको विचार र दृष्टिकोण तय गर्दा अरुको इशारा पर्खने, अरुको खेताला बन्ने, अरुको एजेण्डा बोक्ने नेताहरु कांग्रेसमा नभएका होइनन् । राजनीतिलाई नेपालको सबैभन्दा ठूलो र आकर्षक पेशा भन्दा फरक पर्दैन । पसिना नबगाई, कुनै उत्पादनमूलक काम नगरी करोडपति अर्बपति बन्ने कुनै पेसा छ भने नेपालमा राजनीति नै हो । तर, ठग्न, झुठ बोल्न, अरुका एजेण्डाको खेताला बन्न, जनतालाई ढाँट्न, विचार सिद्धान्तलाई लात मार्न भने सक्नुपर्छ ।
राजनीतिक प्रदूषणको विरुद्धमा
देशमा राजनीतिमा फैलिरहेको प्रदूषण हटाउने चुनावले हो । राजनीतिक पार्टीभित्र फैलिएको प्रदूषण हटाउने पनि चुनावले नै हो, जसलाई हामी महाधिवेशन भन्छौं । भ्रष्टिकरण हटाउन जनतालाई शिक्षित प्रशिक्षित बनाउँदै जानुपर्छ । जसले धेरै पैसा खर्च गर्छ त्यसलाई भोट नदिनुस् भन्ने अभियान यही चुनावबाट चलाउनुपर्छ । कांग्रेसकै उम्मेदवारले पैसाको खोला बगाउँछ भने उसलाई भोट नदिनुस् भनेर अहिले नै म घोषणा गर्न चाहन्छु । जसले सबैभन्दा धेरै खर्च गर्छ त्यसले सबैभन्दा थोरै भोट ल्याउने गरी जनतालाई प्रशिक्षित गर्न थाल्नुपर्छ ।
राजनीति आज पद र पैसा पाउने अश्त्र मात्र ठान्न थालिएको छ । सेवा, त्याग भन्ने भावना राजनीतिबाट हराउँदै गएको छ । गालीगलौज, चरित्र हत्या, आरोप, झुठ नै राजनीतिको पर्याय बनेको छ । नेकपाको विभाजनसँगै देशमा फैलिएको गाली र चरित्रहत्याको प्रदूषण नियन्त्रण गर्न कांग्रेसको योगदान हुनुपर्छ ।
कांग्रेस भनेको गर्दनमा खुकुरी राख्नेसँग पनि मेलमिलापको नीति लिने पार्टी हो भन्ने भुल्नु हुँदैन । वीपी कोइराला लगायतका नेताहरुले ज्यान जोखिममा राखेर नेपालमा मेलमिलापको नीति स्थापित गर्नुभएको हो भन्ने बिर्सन भएन । वीपी ०३३ सालमा निर्वासन रहनुहुँदा भारतसँग मिल्ने कि राजासँग भन्ने प्रश्न थियो । वीपी कोइरालाका सामु आएको त्यो यक्ष प्रश्नले नेपालको इतिहासलाई युगान्तकारी मोड दियो । वीपीले राजासँग मिल्न उपयुक्त देख्नुभयो । त्यसपछि निर्वासनबाट स्वदेश फर्कनुभयो । स्वदेशमा उहाँलाई मृत्युदण्डको फैसला थियो । मृत्युदण्डको चिन्ता नगरी मेलमिलापको नीति बोकेर स्वदेश फर्कनुभयो ।
मेलमिलापको नीतिले नेपाललाई युगौं पर्यन्त मार्गदर्शन गरिरहने छ । नेपाली कांग्रेसले जहिले पनि पहिले मेलमिलापको प्रयास गर्छ । मेलमिलाप कांग्रेसको पहिलो प्राथमिकता हो, आन्दोलन दोस्रो प्राथमिकता हो ।
अहिले पनि मेलमिलाप पहिलो प्राथमिकता हो, आन्दोलन दोस्रो प्राथमिकता हो । त्यसो होइन, आन्दोलनमा जानुपर्छ भन्ने विचार पनि कांग्रेसमा देखिन्छ । आन्दोलनलाई पहिलो प्राथमिकतामा राख्नु गलत हुन्छ । प्राथमिकता केलाई दिने ? वीपी कोइरालाको मार्गदर्शनलाई सम्झिए पुग्छ । जुनसुकै अवस्थामा कांग्रेसको पहिलो प्राथमिकता मेलमिलाप हो, कांग्रेसको गर्दनमा तरवार राखिएको बेला पनि पहिलो नीति मेलमिलाप नै हो ।
मेलमिलापमै अड्नुपर्छ कांग्रेस
पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले कथित जनयुद्धका नाममा हजारौं मान्छे मार्नुभयो । कांग्रेस कार्यकर्तालाई छानिछानी मार्नुभयो । त्यस्ता माओवादी प्रति पनि कांग्रेसले सत्रुता भाव लिएन, मेलमिलापको नीति अपनायो, शान्ति प्रक्रियामा ल्यायो । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले कांग्रेसलाई निरन्तर धोका दिनुभयो । अहिले पनि धोका नै दिइरहनुभएको छ, लक्षण हेर्दा भविष्यमा पनि उहाँको धोकेबाज चरित्र फेरिएला जस्तो छैन । तैपनि कांग्रेस मेलमिलापको नीतिमै अडेको छ ।
०४६ सालको जनआन्दोलन सफलताको संघारमा हुँदा गिरिजाबाबुले ‘यो जित पञ्चको पनि हो’ भन्नुएको थियो । उहाँको त्यो भनाईमा ठूलो विरोध भएको थियो । कालान्तरमा पञ्चको पनि जित सावित भयो । किनभने लोकतन्त्र–प्रजातन्त्रमा कसैको हार हुँदैन, सबैको जित हुन्छ । कतिपयले भतर््सना गरेको गिरिजाबाबुको सो भनाई र विचार आज आदर्श विचार ठहरिएको छ ।
तसर्थ, अहिलेको सन्दर्भमा अलमलको अर्थ छैन । कांग्रेसको पहिलो रोजाई मेलमिलाप हो । मेलमिलापले काम दिएन भने आन्दोलन हो । आन्दोलनमा जाँदा पनि मेलमिलापको नीति कांग्रेसले छाड्दैन ।
चुनाव, चुनाव र चुनाव
अब चुनावमा । चुनाव, चुनाव र चुनाव । सिर्फ चुनाव । कांग्रेसको अर्जुन दृष्टि चुनाव नै हो । चुनावमा नगएर आन्दोलनमा जाने कि ? उग्र वामपन्थी, दक्षिणपन्थी र कम्युनिष्ट कित्ताबाट कांग्रेसलाई चुनावमा जान नदिने, लतारेर आन्दोलनमा ल्याउने प्रयास भइरहेको छ । यो किन भइरहेको छ भन्ने बुझ्न जरुरी छ ।
एक–डेढ वर्षपछि हुनुपर्ने चुनाव अहिले भएको हो । अलि चाँडो चुनाव हुँदा आकाश खस्दैन । बारम्बार प्रधानमन्त्री फेर्नुभन्दा मध्यावधी चुनावमा जानु राम्रो हो । यो मान्यता नेपालमा कांग्रेसले नै सुरु गरेको हो । कम्युनिष्टहरु सधैं यो मान्यताको विरोधमा रहेका थिए । बल्ल उनीहरुभित्र कांग्रेसले भने अनुसारको मान्यतामा जाने कि नजाने भन्ने बहस सुरु भएको छ।
हामीले अपनाएको वेलायती वेष्ट मिन्स्टेरियल संसदीय प्रणाली हो। यो प्रणालीमा मध्यावधी चुनाव हुन्छ । चुनाव गरिएन भने बारम्बार प्रधानमन्त्री फेर्ने काम हुन्छ । नेपालको ३० वर्षको अनुभवले के देखाएको छ भने बारम्बार प्रधानमन्त्री फेर्नु ठिक होइन, बरु चुनाव नै ठिक हो । चुनाव नगर्ने, संसद्बाट एकपछि अर्काे प्रधानमन्त्री फेर्ने कम्युनिष्टहरुको दूषित एजेण्डामा कांग्रेस फस्न हुँदैन । यसमा अर्काे पक्ष पनि छ, अहिले मुद्दा अदालतमा विचाराधीन छ । अदालतको फैसला मान्नैपर्छ ।
कम्युनिष्टले दुई तिहाई हाराहारी ल्याएका थिए, अान्तरिक विवादका कारण गर्न केही सकेनन् । अाफ्नै सरकारलाई विकलांग बनाए । हल न चल बनाए । परिस्थति बिगारे । समाल्न नसकेपछि प्रतिनिधि सभा विघटन गरे । दाेष उनीहरुकै हाे । प्रचण्डकाे कति दाेष र अाेलीकाे कति दाेष भन्ने विवेचना हुँदै जानेछ । तर, कांग्रेसकाे नजरमा दुवै दाेषी छन् ।
कांग्रेसलाई चुनावमा जान नदिने प्रयास
चुनाव भयो भने कांग्रेसको बहुमत आउँछ । चुनाव भयो भने कम्युनिष्टहरुको विजोग हुनेछ । यो अवस्था प्रष्ट देखिन्छ । यही कारण कम्युनिष्टहरु चुनाव भाँड्न चाहन्छन् । नेकपा फुटेको छ, एउटा पक्ष केपी ओलीसँग र अर्काे पक्ष प्रचण्डसँग छ । त्यसैले दुवै पक्षले चुनाव भाँड्न खोज्नेछन् । कांग्रेसलाई सत्ता सुम्पन दुवै पक्ष तयार छैनन् । उनीहरुको यो नियतलाई कांग्रेसले सघाउन मिल्छ र ? आन्दोलनमा गएर चुनाव भाँड्नु भनेको कम्युनिष्ट एजेण्डामा फस्नु हो ।
तथापी, कांग्रेस निरन्तर आन्दोलनमा छ । प्रचण्डको पक्षको पुच्छर बनेर आन्दोलन गर्ने जुन विचार अगाडि सारिएको छ त्यो सर्वथा अनुचित छ । कांग्रेस यो देशको अभिभावक पार्टी हो, यो कसैको पुच्छर बन्न सक्दैन ।
अहिले कम्युनिष्टहरु फुटेका हुन् । उनीहरुले कांग्रेसलाई उपयोग गर्ने प्रयास गरिरहेका छन् । सकिन्छ भने कांग्रेस फुटाउनुपर्छ भनेरै लागेका छन् । कांग्रेस कसैको औजार बन्न हुँदैन । फुटेको हुनाले चुनाव रोक्नुपर्छ भन्ने उनीहरुको ध्याउन्न छ । कतिपयले भन्ने गरेका छन्– केपी ओलीको चुनाव गर्ने नियत नै छैन । प्रतिनिधि सभा अदालतले पुर्नस्थापना गरिदियो भने बेग्लै कुरा हो, नत्र चुनावको विकल्प छैन । यो सरकारको चुनाव गराउने नियत छैन भने त्यस्तो नियतलाई सघाउन हुँदैन । चुनावको बातावरण बनाउने तिर लाग्नुपर्छ । आन्दोलनले चुनावको वातावरण बन्दैन, बरु बिग्रन्छ ।
सघाउने नै सरकारलाई हो
फुटेका कम्युनिष्ट एउटा सरकारमा र अर्को सडकमा छ । सडकमा हुनेलाई संगठन बनाउनु छ, संगठन विस्तार गर्नु छ, चुनावका लागि तयारी गर्नु छ । त्यसैले उनीहरुले आन्दोलन चाहनु स्वाभाविक हो । प्रचण्डहरुको संगठन बनाइदिने काम कांग्रेसको हो ? उनीहरुलाई चुनावमा बलियो बनाइदिने काम कांग्रेसको हो ? उनीहरुलाई सघाउन कांग्रेसले सडकमा गइदिनुपर्ने ? यो हुन सक्दैन ।
यो दृष्टिकोणलाई कतिपयले केपी ओलीलाई सघाउने खालको विचार भन्न सक्लान् ।प्रचण्डलाई नसघाउँदा अाेलीलाई फाइदा पुग्छ भन्लान् । कांग्रेसका लागि दुवै मित्र हुन् । तर, म ठाडै भन्छु– चुनाव गराउन केपी ओलीलाई सघाउने नै हो । केपी अाेलीलाई सघाउ पुग्छ कि भनेर बाटाे बिराउने काम गर्न हुँदैन । अाेलीलाई सघाउनु भनेकाे चुनावकाे पक्षमा उभिनु हाे । सरकारले चुनाव नगराउने प्रयास गर्छ भने त्यसपछि चाहिँ कांग्रेसले बाटो फेर्नुपर्छ ।
अहिलेको अवस्थामा कम्युनिष्टहरुले मदन भण्डारीबाट पनि धेरै कुरा सिक्न सक्छन् । मदनको बहुदलीय जनवाद भनेको चुनाव जितेर शासन गर्ने विचार होइन र ? यही विचार प्रचण्डहरुले स्वीकार गरिसक्नुभएको छ । पार्टी विभाजनका बेला कम्युनिष्टहरुले केही सिक्न सक्छन् भने मुख्य रुपमा वीपी कोइरालाबाट सक्छन् ।
कम्युनिष्टहरुले वीपी कोइरालाबाट सिकुन्, कांग्रेसजन वीपी कोइरालाको मार्गदर्शनमा हिँडुन् । यही हो समाधान ।
(नेपाल जेसिजका अध्यक्ष रहिसक्नुभएका दिनेश काेइराला नेपाली कांग्रेसका नेता हुनुहुन्छ )