सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना : फिलिपिन्सको लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका


  •    न्युजभित्तो/९ पुष २०७७, बिहीबार ११:३४ 
  • -होवर्ड जोनसन, भिर्मा सिमोनेट र फ्लोरा ड्रुरी, ,९ पुस।  

    रोभेली जबाला आफ्नो दशौँ सन्तान पाउने क्रममा छिन्।

    हामी कुरा गर्न लाग्दा ४१ वर्षीया रोभेली असहज ढङ्गले ढाडलाई अडेस दिइन् ताकि उनले आफ्नो नवौँ सन्तानलाई काखमा राख्न सकून्।

    “कार्ल, जेवेल, जोयसी…” बच्चाहरूको नाम लिइरहँदा छ वर्षीय छोरा चार्ली विमति जनाउने नजरले उनीतिर हेरे।

    “माफ गर्नुहोला। उसको नाम चाहिँ चार्ली हो,” निर्दोषताका साथ रोभेलीले भनिन्।

    परिवार नियोजनका उपायबारे थाहा हुनुअघि रोभेलीका सातवटा सन्तान भइसकेका थिए।

    तर उनको पेटमा हुर्किरहेको नवौँ बच्चा विश्वकै कडामध्येको लकडाउनका बेला नचाहँदा-नचाहँदै रहन गएको गर्भ हो।

    लकडाउनका बेला सैनिकहरू बख्तरबन्द गाडीका साथ सडकमा गस्ती गरिरहेका हुन्थे भने सुरक्षा जाँच स्थल खडा गरेर प्रहरीले हिँडडुलमा रोक लगाइरहेका हुन्थे।

    खानेकुरा लगायतका अत्यावश्यक सामान खरिद गर्नका लागि परिवारको एकजना सदस्यलाई मात्रै बाहिर निस्कन अनुमति हुन्थ्यो।

    लकडाउनको अर्थ दशौँ हजार महिलाले परिवार नियोजनका साधनसम्म पहुँच नपाउनु पनि थियो जसका कारण रोभलीले जस्तै उनीहरूले विना कुनै योजना गर्भधारण गर्नुपर्‍यो।

    युनिभर्सिटी अफ द फिलिपिन्स पोपुलेशन इन्स्टिट्युट र संयुक्त राष्ट्रसङ्घका अनुसार आगामी वर्ष त्यहाँ थप दुई लाख १४ हजार बच्चा जन्मिने अनुमान छ।

    ती बच्चाहरू अस्पतालमा जन्मिनेछन् जहाँ बर्सेनि १७ लाख बच्चा जन्मने गरेका छन् र अस्पतालहरूलाई थेग्न गाह्रो भइरहेको हुन्छ।

    र, यो शुरूवात मात्रै हो। किनकि फिलिपिन्सको जनसङ्ख्यासम्बन्धी सङ्कटको कारण यो महामारी मात्रै होइन नजिकबाट नियाल्दा वर्षौँदेखि समस्याले जरा गाड्दै गएको देखिन्छ।

    द फिलिपिन्सको एउटा कारागार

    तस्बिर स्रोत,AFP

    तस्बिरको क्याप्शन,द फिलिपिन्सको एउटा कारागार

    बलियो पकड

    एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला चाहिँ मनिला खाडी र सिएरा माद्रे पर्वत शृङ्खलाको बीचमा फैलिएको छ।

    सन् २०१५ को तथ्याङ्क अनुसार प्रतिवर्गकिलोमिटरमा औसतमा ७० हजार मानिस बसिरहेका छन्।

    शहरमा हुने ट्राफिक जामदेखि कारागारसम्ममा जनघनत्वलाई महसुस गर्न सकिन्छ। कारागारमा क्षमताभन्दा ३०० प्रतिशत बढी मानिस कोचिएर सुत्छन्।

    र, गरिबहरू सबैभन्दा भिडभाडयुक्त क्षेत्रमा बस्छन् जहाँ फोहोरका डुङ्गुरबाट निकालिएको मासु खान कतिपयको नियतिमा हुन्छ।

    त्यहाँको गरिबीको सीधा सम्बन्ध उच्च जन्मदरसँग रहेको विज्ञहरू तर्क गर्छन्।

    प्रत्येक आमाले करिब दुईवटा बच्चा जन्माउने गरी त्यहाँको प्रजनन दर रहेको अनुसन्धानले देखाएको छ।

    सानो जनसङ्ख्या हुँदा राष्ट्रिय बजेटमा सबैले ठूलो हिस्सा पाउँछन् जसबाट सबैले अवसरहरू प्राप्त गर्छन्।

    द फिलिपिन्सको सरकारलाई पनि यो कुरा थाहा छ। सन् १९६० को दशकदेखि प्रजनन दर घटाउने दिशामा उसले केही सफलता पनि पाएको छ।

    तीन करोड ३५ लाखबाट तेब्बरले बढेर आज ११ करोड जनसङ्ख्या भइसक्थ्यो। सन् १९६९ मा प्रतिआमा प्रजनन दर ६.४ रहेकोमा त्यो घटेर सन् २०२० मा २.७५ रहेको छ।

    दक्षिणपूर्वी एशियाली देश थाइल्यान्डको कुरा गर्नुपर्दा सन् १९६० को दशकमा प्रतिआमा प्रजनन दर ५.८ रहेकोमा सन् २०२० मा १.५ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ।

    थाइल्यान्डमा गरिबी १० प्रतिशत छ भने द फिलिपिन्समा गरिबी १७ प्रतिशत रहेको छ। यस्तो फरक किन त?

    द फिलिपिन्सका निकै प्रभावशाली क्याथोलिक गिर्जाघरहरूले परिवार नियोजनको विरोध गर्दै आएका छन्।

    Wडा. होसे फाबेला स्मृति मेडिकल अस्पताल
    तस्बिरको क्याप्शन,डा. होसे फाबेला स्मृति मेडिकल अस्पताल

    “बिलकुल हामी परिवार नियोजनको विरोध गर्छौँ,” फादर जेरोम सेलिकानोले भिडिओ कलमार्फत भने।

    तर गिर्जाघरहरूको गलत सन्देशबीच पनि प्रजननदर घट्नुमा प्रजनन स्वास्थ्य कानुन (२०१२) को सशक्त कार्यान्वयनको योगदान रहेको राष्ट्रपति रोड्रिगो डुटेर्टेका पूर्व सामाजिक-आर्थिकमन्त्री एर्नेस्टो पेर्निआ दाबी गर्छन्।

    उक्त कानुनले यौन शिक्षा र परिवार नियोजनका साधनमा गरिबहरूको पहुँचलाई थप निःशुल्क पारेको उनी बताउँछन्।

    “हामीले पूरै चार वर्ष गुमाउनेछौँ जुन कार्यक्रममा हामीले काम गर्दै आएका छौँ,” जनसङ्ख्या तथा विकास आयोगका कार्यकारी निर्देशक ख्वाँ एन्टोनिओ पेरेजले भने।

    “योजनाविनाका थप गर्भधारण हुनेछन्, अहिले १० मध्ये तीनवटा गर्भधारण योजनाविनाका छन्। नराम्रो परिदृश्यको कुरा गर्ने हो भने आगामी वर्ष आधा जति गर्भधारण योजनाविनाका हुनेछन्।”

    बच्चा जन्माउने ‘उद्योग’

    डा. होसे फाबेला स्मृति मेडिकल अस्पतालका कर्मचारीहरू व्यस्त हुने गर्छन्।

    सन् २०१२ को कुरा गर्नुपर्दा दैनिक त्यहाँ १२० जना बच्चा जन्मिन्थे।

    अमेरिकी उपनिवेशकालीन समयताका मातृशिशु वार्डलाई “द बेबी फ्याक्ट्री” अर्थात् बच्चा जन्माउने उद्योग भनिन्थ्यो।

    सन् २०१२ मा प्रजनन स्वास्थ्य कानुन कार्यान्वयनमा आएयता सालाखाला त्यो सङ्ख्या आधाले घटेको छ। तर अहिले आएर फेरि बच्चाको सङ्ख्यामा “व्यापक वृद्धि” हुने देखिएको छ।

    ‘विधर्मीहरू’

    बच्चाको सङ्ख्यामा “व्यापक वृद्धि” हुँदा कैयौँ पुस्तामा दीर्घकालीन रूपमा थप गरिबीको समस्या निम्त्याउने कुरामा पेर्निआको आँखामा सन्देह देखिँदैन।

    गरिबहरूले थप बच्चा जन्माउँदा प्रणालीले थेग्न नसक्ने उनको धारणा छ।

    तर कोभिड-१९ ले राष्ट्रिय बजेटमाथि ठूलो तनाव थपेको छ जसले झन् समस्या निम्त्याउनेछ।

    “जनसङ्ख्या कार्यक्रमलाई साँच्चै पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि हामीलाई कम्तीमा चार करोड १५ लाख डलर चाहिने भन्दै आएका थियौँ। तर आयोगलाई करिब एक करोड ४० लाख डलर उपलब्ध गराइयो,” पेर्निआले भने।

    प्रजनन स्वास्थ्य विधेयकविरुद्ध सन् २०११ मा गिर्जाघरले नेतृत्व गरेको र्‍याली

    तस्बिर स्रोत,AFP

    तस्बिरको क्याप्शन,प्रजनन स्वास्थ्य विधेयकविरुद्ध सन् २०११ मा गिर्जाघरले नेतृत्व गरेको र्‍याली

    युवतीहरू धेरै गर्भधारण गर्नेमा द फिलिपिन्स दक्षिण पूर्वी एशियाली मुलुकमध्ये दोस्रो स्थानमा आउँछ। महामारीका कारणले झन् २० प्रतिशतले बढ्न सक्ने अनुमान

    गरिब र धनीबीचको खाडल कम गर्ने दिशामा सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै क्याथोलिक गिर्जाघर परिवार नियोजनविरोधीको रूपमा आफूलाई प्रस्तुत गरिएकोमा आपत्ति जनाउँछ।

    “यो तथाकथित प्रजनन स्वास्थ्य प्रणालीको विफलताका लथि गिर्जाघरलाई दोषी देखाउन यी विधर्मीहरूलाई सधैँ राम्रो लाग्छ,” फादर जेरोमले भने।

    ‘पहिलो नम्बरको चिन्ता’

    रोभेलीलाई केही थाहा छैन तर गरिबीबारे यी मानिसहरू कुरा गर्छन्।

    उनी बासेको, तोन्डोमा बस्छिन् जुन विश्वका सबैभन्दा बढी जनघनत्व भएका ठाउँमध्ये एक हो।

    तर क्याथोलिक गिर्जाघर र त्यसले परिवार नियोजन तथा गर्भपतनबारे दिने शिक्षाबारे उनलाई थाहा छ।

    “मेरो पेटमा एक महिनाको गर्भ रहँदै मैले बच्चा फाल्ने कुरा श्रीमान्‌लाई भनेँ। तर पाप गर्नुभन्दा बच्चा पाउने भनेर उहाँले जवाफ दिनुभयो,” रोभेलीले भनिन्।

    “हामी छुट्टिएको करिब तीन महिना भएको छ।”

    आँसु पुछ्दै रोभेलीले आफूलाई सन्तानहरूको भविष्यबारे चिन्ता लागेको भनिन्।

    “उनीहरूको शिक्षामा सघाउन सक्छु कि सक्दिनँ भन्ने कुरा मेरो एक नम्बरको चिन्ता रहेको छ,” रोभेलीले भनिन्।

    कहिलेकाहीँ मलाई रिस उठ्छ र धैर्य गुमाउँछु। उनीहरूलाई भन्ने गर्छु कि कोही धनीले ग्रहण गरिदिए उनीहरूले राम्रो शिक्षादीक्षा पाउँथे। तर फेरि आफैँलाई भन्छु यो कुरा म आफैँले गर्न सक्छु शायद। छ।(बीबीसी न्यूज)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.