भरतपुर । चितवनमा पहिलो पटक स्थापना भएको रेडियो सिनर्जी एफएम ९१.६ मेघाहर्ज बुधबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । सूचना, संगीत र मनोरञ्जन प्रदान गर्दै आएको रेडियो २० वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा एफएमका प्रवन्ध निर्देशक सहन प्रधानले रेडियोको १९ वर्षसम्मको यात्रा सँगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापनदातालाई धन्यवाद दिनुभएको छ । प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्दता ब्यक्त समेत व्यक्त गर्नुभएको छ । सिनर्जी एफएमले यस क्षेत्रको सामाजिक र आर्थिक विकासका लागि स्थापनाकालदेखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा आफ्नो भूमिका पूरा गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ ।
कोभिड १९ को समयमा समेत उच्च सतर्कताका साथ आफ्नो प्रसारणलाई नियमित गरेको बताउदै उहाँले जस्तोसुकै परिस्थितिमा जनताको सूसुचित हुने अधिकारलाई आफ्नो संस्थाले प्राथमिकता राख्ने बताउनु भयो ।
रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोभिड १९ का कारण वार्षिकोत्सवमा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनु भएको छ । अनलाईन र टेलिफोनका माध्यमबाट विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिंदै उहाँले यस पटक स्रोता माझ प्रत्यक्ष पुग्न नसकिएको बताउनुभयो ।
विभिन्न माध्यमबाट स्रोताका प्रतिक्रियाहरु आईरहेको भन्दै उहाँले भावी दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेडियोले बुधबार देवघाटको रामजानकी आश्रममा रहेका बालिकाहरु खाना खुवाउने कार्यक्रम राखेको छ ।
सिनर्जी एफएम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रसारण शुरु गरेको हो ।