चितवन । जिल्लामा मोटरसाईकल चोरीमा संलग्न गिरोह सक्रिय भएको छ । चोरीका घटना बढ्दै गएपछि प्रहरीले पनि सक्रियता बढाएको हो ।
मोटरसाईकल चोरी उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाईकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचनाअधिकारी सूर्य थापाका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका वडा नं. ५ घर भई हाल खैरहनी नगरपालिका वडा नं. ९ बस्ने वर्ष २८ को विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने १९ वर्षिय राकेश चौधरी, बाराको कोल्हवी नगरपालिका वडा नं. ७ का २४ वर्षिय महेश चौधरी, भरतपुर महानगरपालिका वडा नं. ११ का २६ वर्षिय दिनेश गुरुङ र २५ वर्षिय मनोज दराई रहेका छन् ।
यस्तै चोरीका मोटरसाईकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नं. १२ का २४ वर्षिय समिर चौधरी र २८ वर्षिय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, बिक्रममार्ग लगायतका स्थानबाट मोटरसाईकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाईकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत प्रहरीले बरामद गरिएको जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।
बरामद मोटरसाईकल र चोरी गर्न प्रयोग गरिएका औजारहरु :-
ग १० प ९६०७ नं.को बजाज पल्सर २०० NS मोटरसाईकल (वास्तविक नम्बर ना ५३ प ९७६४)
प्रदेश ०३-०२-००९ प ६८२९ नं.को सेतो KTM (DUKE) २०० सि.सि.मोटरसाईकल
प्रदेश ०३-०३-००१ प ५२२६ नं.को २२० सि.सि. को मोटरसाईकल (पार्टपुर्जा खोलेको अवस्थामा)
मो.सा. चोरीमा प्रयोग हुने औजारहरु ( मोटरसाईकलको लक तोड्ने साँचो, साँचो बनाउने मेसिन आदी ।)
वेवारिसे अवस्थामा फेला पारी अनुसन्धानको क्रममा रहेका मोटरसाइलकहरु:-
बा.५६ प. ५९९५ नं को २०० सि.सि. को KTM (DUKE) मोटरसाईकल