सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह


  •    /३१ बैशाख २०७६, मंगलवार १४:०२ 
  • राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) / संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ ।

    राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

    गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसङ्घ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ ।

    गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसङ्घको भनाई छ । हकका अनुसार करिब तीन हजार दुई सय शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।

    राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.