सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरको त्यो गाडीकाण्ड


  •    न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार ०६:२३ 
  • राधेश्याम खतिवडा

    वर्तमानको कर्म निर्मम इतिहास बनेर बस्छ । समाजका परिवेश र घटना भुलिदिनेका लागि सामान्य बन्दै जाला तर, सम्झी बस्नेहरुका लागि कोहीलाई शिक्षा,कोहीलाई लज्जा, कोहीलाई खुसी र कोहीलाई दुःख बन्छ/बनिरहन्छ ।

    यस्तै घटना मध्यको एउटा बिषय छ, (तत्कालीन उपमहानगर) भरतपुर महानगरको गाडी काण्ड । जब भरतपुर महानगरमा विवाद वा अन्य कुनै परिवेश वा घटनासँग चर्काचर्की बिषय उठ्छ तब त्यही गाडी काण्ड स्मरण गर्ने हो भने धेरै पाठ सिकाउछ÷सिकिन्छ ।

    यो गाडीकाण्ड बुझ्न सक्नेकालागि शिक्षा, पचाउन सक्नेकालागि लज्जा, उपभोग गर्नेका लागि सुख र अपमान हुनेका लागि दुःख बन्यो । महानगरमा एउटा गाडी छ । टोयटा कम्पनीको ल्याण्ड क्रुजर जीप । २०७२ साल असार १८ गते खरिद गरिएको त्यो गाडीको मूल्य त्यतिबेला १ करोड ६३ लाख ६९ हजार परेको थियो । बिषय त माडीमा खरिद गरिएको जग्गाको पनि जोडिएको थियो । जग्गा र गाडी खरिद गर्दा अनियमितता गरेको आरोपमा विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले कार्यालय परिसरमै कार्यकारीलाई २०७२ साउन १० गते कालोमोसो दले ।

    आफुहरुसँग सल्लाह नगरी खरिद गरेको र गाडी खरिद गर्दा अनियमितता भएको भन्दै जिल्लाका १० वटा दलले संयुक्त रुपमा यसको विरोध गरे । बैठक बहिस्कार गरे । त्यतीबला दलले जारी गरेका विज्ञप्ती र नेताले दिएका प्रतिक्रियाले त्यो गाडी भ्रष्ट्राचारको डंगुरबाट निकालिएको पत्रु साधनको रुपमा चित्रित गराईएको थियो । खरिद गर्ने कार्यकारीलाई नामुद भ्रष्ट्रचारी आरोप लगाइयो । दलका नेताका प्रतिक्रिया र जारी विज्ञप्ती अनुसार धेरै समाचार छापिए ।

    खरिद गर्ने कार्यकारी नारायण प्रसाद सापकोटा सरुवा भए, २०७२ भदौ ४ गते नयाँ कार्यकारी महेश बराल आए । जब नयाँ कार्यकारी आए दलको आवाज विस्तारै कम हुँदै गयो । २०७२ पुष २८ गते सवै दलको प्रतिनिधी समेत सहभागी भएको नगर परिषदले गाडी खर्च अनुमोदन गर्यो । यो बिषय छानविनका लागि प्रधानमन्त्रीको कार्यालयमा उजुरी पुग्यो ।

    केही महिना अगाडी चर्को विरोध गर्नेहरुनै सोही गाडीमा सवार गर्न थाले । अनुगमन होस या अन्य केही नगरको काममा सो महंगो गाडीमा तिनै दलका प्रतिनिधी चढी हिड्न हानथाप,चढ्न पाउदाको सुखानुभूती दृष्य झल्किन थाल्यो । त्यही गाडी नै अहिले महानगरको सबैको आकर्षक बनी सडकमा कुद्ने गरेको छ ।

    उतीबला कालोमोसो दलिएका कार्यकारीको मोसो त केही घण्टामै पखालियो, तर दाग कहिल्यै पखालिएन । भ्रष्ट्राचारको आरोप लगाउनेहरुले बिर्सदै गए तर आरोपको अपमान कहिल्यै मेटिएन । चितवनका दलहरुको त्यस समयको सो कर्ममा खेलेको भूमिकाका बिषयमा दलको प्रतिष्ठा र प्रतिनिधीको परिपक्कताबारेमा भविष्यको कालान्तरसम्म प्रश्न उठिरहन्छ । सम्झनेले सम्झिरहन्छन ।

    यो त एउटा प्रतिनिधी घटना हो । महानगरसँग सरोकार राख्नेले एक पटक फेरी पनि यो गाडीकाण्ड स्मरण गर्दा राम्रै हुन्छ । सुनिन्छ, अहिले पनि भरतपुर महानगरपालिकामा बिषय, परिवेश र घटना केन्द्रित केही विवाद हुँदै आएका छन् र भइरहेका छन् । विवाद गर्दा होस् या विषयको समाधान गर्दा दलको प्रतिष्ठालाई ख्याल राख्दै र प्रतिनिधीले परिपक्वता देखाउन नसके यही गाडीकाण्डको श्रखंला दोहोरीने नै हो । किनकी हामी यही संस्कारमा छौँ ।

    वर्तमानमा गरेका हरेक कर्म निर्मम इतिहास बन्छ । समस्या, माग र समाधानका प्रयासका बिषय भविष्यसम्म संधै प्रश्न बनिरहन्छ । त्यसैले विवाद हुनुसम्म स्वभाविक हो, तर विवादमै अल्झिरहनु अस्वभाविक हो, मिल्नुको विकल्प छैन । छिटै मिल्नुहोस्मि/लाउनुहोस् सँगै हिड्नुहोस/हिडाउनुहोस, जनजीविकाको सवालमा सँगै जुट्नुहोस/जुटाउनुहोस् ।

    किनाराको साक्षी बनेर महसुस गर्दा, तगडा जस्तो देखिने झगडाको पछी लागेर समाचार बनाउँदा लपक्कै मिलेको दिन त्यही समाचारले लेख्नेलाई नै गिज्याएको अनुभूति मिडिया जगतले गरिसकेको छ । मिडियाको लागि विवादको विषय केन्द्रित संभव तर पक्ष केन्द्रित असम्भव । (लेखक खतिवडा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हुनुहुन्छ ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.