सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरस विरुद्ध नेपाली लडाईं


  •    न्युजभित्तो/३१ बैशाख २०७७, बुधबार १६:३५ 
  • वीेरेन्द्रमणि पौडेल

    धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो ।

    पुगनपुग ३ करोड मात्रै जनसंख्या र १ लाख ४७ हजार १८१ बर्ग किलोमिटर क्षेत्रफल भएको देश नेपाल मेहनत गर्ने बानी वा परम्परा हुँदो होत धनी र शक्तिशाली पनि हुनसक्थ्यो तर प्रकृतिले सबथोक दिएर पनि आत्मनिर्भर हुनुपर्छ भन्ने चेत नदिएको कारण निकै लामो समयअघिदेखि नेपाली नागरिकहरुले स्वदेशमै आफूलाई चाहिने चिजबीज उत्पादन गर्न छाडे । यसको परिणाम अरुले दिए खाने नभए पुर्पुरोमा हात लाएर बस्न पर्ने अवस्था सिर्जना भयो । आज सिड्डो नेपाल यही काम नगरी खाने बानी परेको जनताका कारण हाहाकारको अबस्था झेल्न बाध्य भएको छ ।

    प्राणघातक नोबल कोरोना भाइरसले त संसारका सबै देशलाई सताएको छ नेपाललाई मात्रै होइन तर अपवादलाई छाडेर संसारका अन्य मुलुकहरु कोरोनाका कारण मात्रै किचिएका छन् ती देशको लडाइ कोरोनासँग मात्रै छ तर नेपालले कोरोनासँग त अनिवार्य रुपमा लड्न परेको छनै, अब गरिबी, बेरोजगारी, अन्न अभावका साथ अत्यावश्यक अन्य सामग्रीको कमी जस्ता सयौंसयौं समस्याहरुसँग पनि एकसाथ जुध्न पर्ने अवस्था सिर्जना भएको छ ।

    प्राणी जातीमा मान्छेलाई सबैभन्दा चेतनशील र बाठो सहित बुद्धिमान पनि भन्ने गरिएको छ । यदि यो भनाइ साँचो होभने हामी पुगनपुग ३ करोड नेपाली पनि चेतनशील छौं, बाठो र बुद्धिमान पनि छौं । त्यसो होभने यस्तो चेतनशील र बुद्धिमान मान्छेहरुलाई २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्प जसले हजारौं नेपाली ज्यान निलेको थियो र अबौं रुपैयाँ बराबरको धन क्षति गरेको थियो । त्यो मानव क्षति र धनक्षतिपछि पनि चारबर्षको अवधि हामीले बिताइसकेको छौं तर आज पनि भूकम्पले भत्काएका घरहरु बनाउनका लागि विदेशीले पैसा दिएर पनि यो देशले बनाउन सकेन किन होला ? देश र जनताको माया नभएर भनौंभने यो देशका हरेक नागरिकहरु ससानो विषयदेखि राष्ट्रियता जस्तो ठूलो विषयमा समेत सडक आन्दोलनका लागि तुरुन्तै तयार भइहाल्छन् । फेरि सबचिजको बन्दोबस्त भएर पनि भूकम्प प्रभावित नेपाली जनता किन प्लाष्टिकको पाल टाँगेर रात बिताउन पर्ने अवस्थामा छन् ? थाहा भयो धन भएर पनि त्यो धन ठीक तरिकाले प्रयोग गर्न नसक्ने वा नचाहने हामी नेपाली रहेछौं । यो खुबी नभएकामा तलदेखि माथिसम्मका, प्रशासकदेखि शासकसम्म, सरकारमा बस्नेदेखि विपक्षमा बस्ने राजनीतिक दलहरुसम्म, यो पेशादेखि त्यो पेशा र विना पेशा पनि जीवन बिताइरहेकाहरु सबका सबसँग धन प्रयोगको खुबी रहेन छ । ध्वंशपछि निर्माण नयाँ निर्माण हुन्छ र गतिलो निर्माण गर्न सकिन्छ भन्थे कोहीकोही । तर भूकम्पले ध्वंस ग¥यो, निर्माणका लागि सबथोक छ र पनि निर्माणको नाममा जिरो । खै त चेत खुलेको ? छिमेकी देशलाई झोक चल्दा नाकाबन्दी ब्यहोर्न प¥यो । तीनै करोड जनताले ऐया र आत्था गर्दै कहाली लाग्दा अभावका दिनहरु गुजारे । देश आत्मनिर्भर हुनसकेको हुन्थ्यो वा बनाउन सकिएको भए, अन्न, फलफूल, तरकारी र औषधीमा आत्मनिर्भर हुने प्रयास गरेको भए आत्मनिर्भर हुन सकिन्थ्यो । नाकाबन्दीको तातो बाफ् अहिले पनि नेपाली शरीरहरुबाट माथि आकाशमा उडिरहेकै छ । त्यो तातो बाफलाई सबक ठानेर उत्पादनमा जोड दिनुपथ्र्यो कम्तिमा बाँच्नको लागि अन्न, फलफूल र तरकारीमा आत्मनिर्भर भइन्थ्यो । पेट्रोल डिजेल र मट्टितेलमा आत्मनिर्भर हुन नसके उपभोगमै कटौती गर्न सकिन्थ्यो । १० बर्ष निजी सवारी साधन प्रयोगमा रोक लगाउने बित्तिकै खरबौं रुपैयाँ बचत हुन्थ्यो । सार्वजनिक यातायात प्रयोग मार्फत् पनि काम चलाउन सकिन्थ्यो । यति सानो काम पनि गर्न नसक्नुलाई भूकम्पपछिको यति लामो समय खेर गएको नभने के भन्ने ?

    पुराना शासकहरुले नेपालका युवा उमेरका जनशक्तिलाई विदेशमा भाडाका कामदारको रुपमा निर्यात गरे । राणाहरुले नेपाली सेनालाई अन्य कुनै देशको पक्षमा र कसैको विपक्षमा लड्न पठाएर चाकडी गरेको इतिहास छ । त्यसो गर्नुमा उनीहरुको स्वार्थ अरु थिएन थियो त सिर्फ आफ्ना जहानिया शासनको रक्षाका लागि मात्रै थियो । पञ्चायतको पालादेखि त्यसरी कुनै देशको पक्ष वा कसैको विपक्षमा नेपाली सेना प्रयोग भएको इतिहास छैन । संयुक्त राष्ट्रसंघको अनुरोधमा द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ नेपाली सेनाले भाग लिनुमा अहिले पनि गौरवको विषय मानिएको छ । यो बेग्लै पक्ष हो तर पञ्चायती शासकहरुकै पालादेखि नेपाली नागरिकहरुलाई विदेशमा कामदारको रुपमा पठाउन थालेर रेमिट्यान्स बटुल्ने सोचलाई पछिल्ला शासकहरुले पनि जस्तोको त्यस्तै निरन्तरता दिए । यो कहिल्यै सोचेनन् की कुनै बेला रोजगारी दिने देशहरु नै आपत्काल भोग्न बाध्य हुनसक्छन् त्यस्तो अवस्थामा नेपाली कामदारको अवस्था के होला ? रेमिट्यान्स बन्द हुँदा देशको आर्थिक अवस्था के होला ? त्यो पुरानो प्रश्न आज नयाँ रुपमा प्रकट भएको छ ।

    विश्वमा रोजगारीका लागि गएका झण्डै ४२ लाख नेपाली आज कोरोना भाइरसका कारण रोजगारी गुमाएका छन्भने जीवन रक्षाको पिरलोमा रन्थनिएका छन् । एकदुई हजार वा दुईचार हजारको संख्या भए बेग्लै कुरा, यहाँ त लाखौलाख संख्याको कुरा छ । यस्तो अवस्थामा कसरी ती नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने ? ल्याएर के खान दिने, कहाँ राख्ने, त्यति ठूलो संख्याका नेपाली कति दिनमा कतिओटा जेट विमानमा चढेर नेपाल आउने ? यस्ता प्रश्नहरु त ज्वलन्त रुपमा तेर्सिका छन् तर जवाफ थाहा भएर पनि कसैसँग समाधान गर्ने क्षमता यतिबेला छैन । किनछैनभने विस्तार विस्तार विदेश गएर थुप्रिएका नेपालीहरु एकैपटक नेपाल आउने अवस्थामा छन् ।

    यो जटिल अवस्थाको सामना गर्न, विदेशमा रहेका नेपाली जनताको सुरक्षा गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले सम्बन्धित देशका सरकार प्रमुखहरुसँग कुराकानी त गरिरहनु भएको छ । केही राष्ट्रहरुले आफ्ना देशका नागरिकसरह मद्दत गर्ने वचन पनि दिएका छन् तर केही देशले नकारात्मक जवाफ दिएको अनुमान पनि गरिएको छ । ती देश मध्ये कुवेतले झण्डै ९ हजार नेपालीलाई चाँडोभन्दा चाँडो कुवेतबाट लैजान नेपाललाई खबर पठाएको बुझिएको छ । ती नेपालीलाई नेपाल ल्याउने र तिनको जीवनयापनको बन्दोबस्त गर्ने तयारी पनि हाम्रो देशसँग यतिबेला छैन । फेरि अरु देशले पनि आफ्ना नागरिकहरु फिर्ता लैजाउ भन्न थाले त्यो अर्को टाउको दुखाईको विषय बन्नसक्छ । अब देशभित्रका कम संख्यामा भएका उद्योग, कलकारखानाहरु समेत यतिबेला ठप्प भएका छन् । केपी ओली नेतृत्वको सरकारका अगाडि एकातिर जनतालाई कोरोना भाइरस संक्रमणबाट जोगाउनु छभने अर्कोतर्फ एकैपटक रोजगारी गुमाएका जनता, आज मजदूरी गरेर आजै खाने र भोलि मजदूरी गरेर भोलिनै खाने जनतालाई खुवाउनु पर्ने समस्या देखिएको छ । कोरोनाबाट जोगाउन कडा बन्दाबन्दी लगाउँ, जनता भोकै मर्ने, रोजगारी गुम्ने, कर राजश्व शुन्यमा झर्ने र आर्थिक अवस्था चौपट हुने, लकडाउन खुकुलो पारौं वा हटाउँ कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्ने र जनता सोत्तर हुने सम्भावना हुने । यस्तो आँखै अगाडिको दुईओटा समस्याका बीच ओली सरकार च्यापिएको छ । दुई विकल्प मध्ये ओली सरकारले पहिला जनतालाई जोगाउने उपाय अवलम्वन गरेको छ जुन उपायलाई ठीक उपाय मानिएको छ । धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो ।

    नेपालमा कोरोना फैलिँदो छ । २१७ को संख्यामा सीमित हुने छैन । स्वास्थ्यसेवा नेपालमा कमजोर छ । यो महामारीबाट पार पाउने उपाय नेपालीका लागि बन्दाबन्दी बाहेक अरु हुने कुनै सम्भावना देखिँदैन । यस्तो अवस्थामा जनताको लागि काम गर्ने भनेको सिर्फ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी मात्रै हुन् । सरकारले आवश्यक नीति तर्जुमा गर्ने हो । अरु पक्ष बन्दाबन्दीलाई पूर्णरुपमा पालना गरेर “बाँचे जितिन्छ” भन्ने मन्त्र जप्ने मात्रै हो । यतिबेला मिलेर बाँच्ने हो, बाँच्न मद्दत गर्ने हो । सबले सबलाई मद्दत गर्ने हो । कसैको कमजोरी वा गल्तीलाई कोट्याउने वा होच्याउने बेला हुँदै होइन यो । हरेकले आफ्नो जिम्मेवारी पूरा गरोस् । सरकारको काम सरकार गरोस् । नागरिक समाज र अन्य जिम्मेवार पक्षहरुले पनि आ–आफ्नो कर्तब्य पालन गरुन् । कमजोरी र गल्तीहरु कोरोनाबाट मुक्ति मिलेपछि सच्याउँदा हुन्छ । तर सच्याउँन चाहीँ बिलकुल पर्छ । (बैशाख ३१,२०७७)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.