राष्ट्रिय
पाल्पा, १६ पुस । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो...
विराटनगर, १६ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद् अवरोध भइरहेकाले...
काठमाडौं,१६ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आठौं...
काठमाडौं १६ पुस । सहीद स्मारक ‘ए डिभिजन’ लिगमा सातौं चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्ने भएका छन् । शुक्रबार खेल दिउँसो १ बजे सुरु हुनेछ । ६ खेलसम्म...
सर्लाही, १५ पुस । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर...
काठमाडौं, १६ पुस । आज बिहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सुचारु भएको छ । हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । तर, अहिले साढे १० बजेबाट...
काठमाडौँ, १६ पुस । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७००...
चितवन , १६ पुस । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । कार्यालयका सूचना अधिकारी...
काठमाडौं,१६ पुस। कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३...
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू...











