सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १६:१७ 
  • काठमाडौँ, १९ पुस । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।

    उनले खेलको ४४औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल सावित भयो । खेलको ४२औँ मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले हिमालन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो । जसमा विश्वासले गोल गरे ।

    यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अङ्क जोडेको छ । हिमालनय शेर्पा अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लेको छ । यसअघि हिमालयन शेर्पा नवौँ स्थानमा रहेको थियो । शेर्पाले सातौँ चरणको खेल सकिँदासम्म तीन जीत, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।

    समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अङ्क रहेको छ । पराजित सातदोबाटो अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ । सात खेलमा सातदोबाटोले दुई खेलमा जीत, तीन खेलमा हार तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.