सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १६:०५ 
  • काठमाडौँ, १९ पुस । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।
    ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।

    जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुुरु भएको हो । त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो ।
    आइतबार राति मात्र होटल पुगेका ६ जना खेलाडीको पिसिआर परीक्षणको रिपोर्ट नआएका कारण होटलमै छन् ।
    कप्तान सन्दीप लामिछाने भने बिग व्यास लिगको लागि अष्ट्रेलियामामा छन् । बाँकी नौ खेलाडीको पनि पिसिआर परीक्षणको तयारीमा रहेको क्यानले जनाएको छ ।

    बन्द प्रशिक्षणमा परेका खेलाडीमा कप्तान लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख र कमल सिंह ऐरी रहेका छन् ।

    त्यसैगरी शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जीतेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल र हरिशङ्कर साह छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.