सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १५:४३ 
  • काठमाडौँ, १९ पुस । नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ ।

    सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गर्नुभएको छ । सङ्घले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा कांग्रेसले सांस्कृतिक क्षेत्रलाई कहीँकतै प्रतिनिधित्व नगराइएको भन्दै उक्त क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण गराएको हो ।

    सङ्घले पार्टीको १४औँ महाधिवेशनबाट पुनः दोस्रोपटक पार्टी सभापति निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.