राष्ट्रिय

नेपालमा आज एकै दिन २,४४४ जनामा कोरोना संक्रमण,
-न्युजभित्तो

काठमाडौं,२७ पुस। नेपालमा पछिल्लो २४ घण्टामा १०६४८ जनामा पिसिआर परिक्षण गर्दा १९८१ जना र ४३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४६३ जना गरी २४४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका...

चितवन जिल्ला लिगमा सौराहाको लगातार तेस्रो बराबरी
-न्युजभित्तो

चितवन ,२६ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न...

टिपरको ठक्करबाट एकजनाको मृत्यु, फरार चालक पक्राउ
-न्युजभित्तो

काठमाडौं,२७ पुस । काठमाडौंमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा २ ख ५१४५ नम्बरको टिपरको ठक्करबाट कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकको मृत्यु भएको छ । फरार रहेका...

नारायणहिटी जग्गा प्रकरणमा भेषनारायण दाहालले किन दिए राजीनामा ?
-न्युजभित्तो

काठमाडौं,२६ पुस । । नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । नारायणहिटी जग्गा प्रकरणमा...

रातको १२ बजे पनि सहयोग गर्न म तयार छु, पुँजीगत खर्च शतप्रतिशत हुनुपर्छ : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,२७ पुस। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८-०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक...

प्रधानमन्त्री कपः बागमतीले एपीएफलाई दियो १२६ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले एपीएफ क्लबलाई १२६ रनको लक्ष्य दिएको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा...

कोरोनाका कारण एमालेले प्रदेश अधिवेशन सार्‍यो
-न्युजभित्तो

काठमाडौं,२७ पुस । नेकपा एमालेले प्रदेश अधिवेशनहरू सारेको छ। यसअघि आउँदो माघ ८ गतेका लागि तय भएका अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। कोरोना संक्रमण बढिरहेको र सरकारले २५ जनाभन्दा बढी...

चितुवाको त्रास बढ्यो
-न्युजभित्तो

दमौली, २७ पुस  । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको...

पोखरामा आजदेखि जलपक्षी गणना गरिने
-न्युजभित्तो

पोखरा,२७ पुस । पोखरामा जलपक्षीको गणना गरिने भएको छ । सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो । सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै...

त्रिभुवन विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा आफन्त नल्याउन आग्रह
-न्युजभित्तो

काठमाडौं,२७ पुस । नेपाल नागरिक उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउनआग्रह गरेको हो । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार...