सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिशूली अस्पतालमा सेवा प्रभावित


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १५:२४ 
  • नुवाकोट, ४ माघ । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ ।

    अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट सङ्क्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताउनुभयो । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो ।

    स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ ।

    जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.