चितवन,४ माघ। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्ले बैशाख भित्र स्थानिय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले स्थानिय तहको निर्वाचनको बिषयमा सत्तारुढ दलहरुबिच सहमति भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सत्तारुढ दलहरुबिच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको बिषयमा दुई चार दिन भित्रै निर्णय आउने उहाँको भनाई छ ।
स्थानिय निर्वाचन देखि आम निर्वाचन सम्म दलहरु गठवन्धन नगरि निर्वाचनमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “वैचारीक कुरा गर्नेहो भने बहुलबादमा आधारीत संसदिय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।” गठवन्धन गरेर निर्वाचनमा जाँदा देशमा केही परिवर्तन नआउने उहाँको भनाई छ । गुरुङ्ले भन्नुभयो “गठवन्धनको सरकार छ । निर्वाचनमा किन गठवन्धन गर्नुप¥यो ।” प्रजातान्त्रीक व्यवहार संस्कारमा आधारीत नभएर स्वार्थमा आधारीत गठवन्धनले मुलुकलाई सकारात्मक संन्देश दिन नसकेको भन्दै उहाँले दलहरु आफ्नो एजेन्डा, दृष्टिकोण निति तथा कार्यक्रम लिएर निर्वाचनमा जानु पर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो “हाम्रो जस्तो मुलुकमा बिगतमा पनि गठवन्धन गरेर जाँदा के भयो । राम्रो देखिएन । बिगतको अनुभवलाई हेर्ने हो भने एमाले र माओवादी केन्द्र गठवन्धन गर्दा झण्डै दुई तिहाईको सरकार वनयो । तर भत्कीयो नि त ।”सत्ता साझेदार दलहरु बिच गठवन्धनको कुरा चलिरहेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले थप्नुभयो “पार्टी पुननिर्माणमा रहेकाले पहिले पहिले जस्तो काँग्रेसको काँधमा चढेर जान पाउँ भन्ने होला । तर काधमा हाल्ने की नहाल्ने हाम्रो निर्णय हो । निवेदन हाल्यो भन्दैमा बोकेर हिड्नुपर्छ भन्ने छैन ।”
पार्टी भित्र फेरी समुहगत राजनिति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाई छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समुह भन्ने कुरा नभएको जिकिर गर्नुभयो । “निर्वाचनमा समुह हो अब होईन” उहाँले भन्नुभयो । निर्वाचन पछि सबैको साझा सभापति, पादधिकारी र केन्द्रिय सदस्य रहेको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । खोप संगै अन्य कामहरु पनि जनचाहना अनुसार गर्न सरकारलाई उहाँल आग्रह गर्नुभयो ।