राष्ट्रिय
काठमाडौँ, ९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिनुभएको छ । गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी...
काठमाण्डौं, ९ असोज । नेकपा (एमाले) ले राज्यका तीन वटै अंगहरु संकटोन्मुख बनेको र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक वक्तव्य प्रकाशित गरी सरकार संविधानले निर्दिष्ट...
चितवन, ९ माघ । यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित...
काठमाडौँ, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा...
काठमाडौं,९ माघ । पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् । निर्वाचन आयोगले...
बनियानी, ९ माघ । झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
जलेश्वर, ९ माघ । महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले...
कञ्चनपुर, ९ माघ । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् । नजिकैको सामुदायिक वन क्षेत्रबाट...
काठमाडौं, ९ माघ । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरका पुजारी आज बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि...
पाल्पा,९ माघ । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति...










