राजनीति

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो...

नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्...

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
-न्युजभित्तो

भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष...

अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ ।  यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको गुण्डुस्थित निवासमा भेटवार्ता...

कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
-न्युजभित्तो

गण्डकी, ११ पुस । आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन...

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय...

प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
-न्युजभित्तो

देवदह (रुपन्देही), ११ पुस । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।  नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र...

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुस्वास्थ्य,...

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन्: उपराष्ट्रपति यादव
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको...

‘ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर’
-न्युजभित्तो

लुम्बिनी, ११ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताउनुभएको छ । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उहाँले बताउनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का...